रंग पत्रकार प्रकाश सुवेदीले एपि’वान टेलिभिजनमा चलाउँदै आएको दुई चर्चित कार्यक्रम ‘ग्ल्यामर गफ’ र ‘रजत पट’ अहिलेलाई निलम्बनमा परेको छ । एपिवान टेलि’भिजनले अभिनेत्री शिल्पा पोखरेलको उजुरीको आधारमा कार्यक्रम अहिलेलाई स्थ’गित गरेको हो । अभिनेत्री शिल्पा पोखरेलले आफ्नो च’रित्र हत्या भएको भन्दै कार्यक्रम विरुद्ध टेलिभिजनमा उजुरी दिएपछि टेलिभिजनले छानबिनका लागि अहिलेलाई दुबै कार्यक्रममा स्थगित गरेको एपिवान टेलिभिजनका निर्दे’शक सुरेश पौडेलले बताए ।
‘दुवै कार्यक्रम अब चल्दै नचल्ने गरेर बन्द गरिएको होइन । अहिले प्रसारमात्र स्थ’गित गरिएको हो’ निर्देशक पौडेलले भने ‘शिल्पाको उजुरीको आधारमा कार्यक्रम छान’बिन भैरहेको छ । त्यसपछि मात्र चल्छ चल्दैन टुङ्गो लाग्नेछ ।’ कार्यक्रम अब प्रसा’रण नै हुँदैन भनेर अहिले भन्न नमिल्ने पौडेलको भना’ई रहेको छ ।
कार्यक्रम सञ्चा’लन प्रकाश सुवेदीले कार्यक्रम निलम्बन भएको मिडियाबाट सुन्दा आफु पनि आश्चर्यमा परेको बताए । ‘मेरो कार्यक्रम निलम्बन भएको अहिले समाचार आइरहे’को छ । हो, होइन केही थाहा छैन’ सुवेदीले भने ‘त्यस विषयमा आधिकारिक पत्र हात परेपछि भनौँला ।’ टेलिभिजनको पत्र हात परेपछि मात्र यो विषयलाई आफुले आधि’कारिक मान्ने सुवेदी’को भनाई रहेको छ ।
आफु अहिले पनि नयाँ कार्यक्रम बना’इरहेको बताएका सुवेदीले कार्यक्रममा आफुले कसैको चरित्र हत्या नगरेको दाबी समेत गरे । ‘मैले कार्यक्रममा प्रमाण’सहित सबै बिषय प्रप्ट पारेको छु’ सुवेदीले थपे ‘चित्त नबुझे फेरि युट्यु’वमा हेर्दा हुन्छ ।’
एपिवान टेलिभिजनले कार्य’क्रम बन्द गरेपनि आफुलाई केही फरक नपर्ने सुवेदीले बताए । उनले अगाडि भने, ‘मलाई कार्य’क्रमका लागि धेरैले बोलाएका छन् । म गलत छैन ।’ एक टेलिभिजनले कार्यक्रम बन्द गर्दैमा आफ्नो कार्यक्रम नरोकिने बताए’का सुवेदीले कुनै टेलिभिजनले कार्यक्रम नदिए यु’ट्युवमा भएपनि जारी राख्ने सुनाए ।
केही दिन अगाडि सुवेदीले आफ्नो कार्य’क्रममा अभिनेत्री शिल्पाका पूर्व पति छवि’राज ओझाको अन्तरवार्ता प्रस्तुत गरेका थिए । उक्त अन्तवार्तामा आफ्नो थप चरित्र हत्या प्रयास गरेको भन्दै शिल्पा ए’पिवान टेलिभिजन पुगेकी थिइन् । यस अगाडि सुवेदीले शिल्पाको पहिलो पतिको विषयमा पनि समाचार ब’नाएका थिए । रातोपाटीबाट