६ वैशाख – सरका’रले आज र भोलि पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि निःशुल्क खु’वाउनका लागि ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ सञ्चालन गरेको छ । स्वास्थ्य सेवा विभाग परिवार क’ल्याण महाशाखाअन्तगर्तको पोषण शाखाका प्रमुख केदार पराजुलीले भिटामिन ‘ए’ छ महिनादेखि पाँच वर्ष मुनिका बाल_बालिका र जुकाको औषधि ‘अल्वेण्डाजोल’ एक वर्षदेखि पाँच वर्ष मुनिका बालबालिकालाई खुवाउन थालिएको जान’कारी दिनुभयो ।
उक्त कार्यक्र’मअन्तर्गत देशभरिका ५२ हजार केन्द्रबाट पाँच वर्ष मुनिका २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २३ लाख ६० हजार बढी बालबालिकालाई जुकाको औषधि खु’वाइँदै छ । ‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रममा ५२ हजार स्वास्थ्य स्वयंसेविकामार्फत बालबालिकालाई खुवाउने गरिएको छ । उहाँले आज खु’वाउन बाँकी भएका बालबालिकालाई भोलि खुवाइने जानकारी दि’नुभयो ।
उहाँका अनु’सार भिटामिन ‘ए’ छ महिनादेखि एक वर्ष उमेरसमूहका बालबालिकलाई आधा क्याप्सुल (एक लाख युनिट) र एक वर्षदेखि पाँच वर्ष मुनिकालाई एक क्याप्सुल (दुई लाख युनिट) तथा जुकाको औष’धि एक वर्षदेखि दुई वर्ष उमेर स’मूहका लागि आधा ट्याबलेट (२०० मिलिग्राम) र दुई वर्षदेखि पाँच वर्ष मुनिकालाई एक ट्यावलेट (४०० मिलीग्राम) खु’वाउने गरिन्छ ।
भिटामिन ‘ए’ खुवाउँदा बाल मृ’त्युदर ३० प्रतिशतले घटेको अध्ययनले देखाएको उहाँले जानकारी दिनुभयो । भिटामिन ‘ए’ कुषोषण, रतन्धोबाट बचा’उनका लागि खुवाउने गरिन्छ । सरकारले २०५३ सालबाट भिटामिट ‘ए’ र २०५८ सालदेखि जुकाको औष’धि खुवाइँदै आएको छ । वर्षमा दुई पटक सरकारले भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने गरेको छ ।
यस्तै भिटामिन ‘ए’ र जुकाको औषधिसँगै आज बालभिटा वितर’णसमेत गर्न थालिएको छ । बालभिटा छ महिनादेखि दुई वर्षमुनिका बालबालिकालाई खु’वाइने गरिन्छ ।विसं २०७२ देखि शुरु गरिएको बालभिटा आठ लाख बालबा’लिकालाई खुवाउन थालिएको छ । बालभिटा ४६ जिल्लाका बालबा’लिकालाई दिइने गरिन्छ ।(रासस)