रोजगारको लागि कोरिया पुगेकी नेपाली युवती गम्भीर बिरामी, सहयोग गर्न अपिल

कृषि क्षेत्रमा काम गर्नको लागि दक्षिण कोरिया पुगेकी सिन्धुलीकी याम कुमारी थापा मगर गम्भीर बिरामी परेकी छिन् । अचानक दुवै मिर्गौलाले काम गर्न छोडेर सिकिस्त भएपछि उपचारको लागि  इल्सान हस्पिटलमा भर्ना गरिएको छ ।

पीडित याम कुमारी थापा मगर

डाक्टरका अनुसार तुरुन्तै उनको अप्रेसन गर्नुपर्ने र तत्पश्चात जिबनभर डायलिसिस गर्नुपर्ने अन्यथा बचाउन नसकिने र यसका लागि निकै पैसा लगने बताएको छ ।

यसको उपचार खर्च निकै महँगो हुने भएकोले कोरियामा रहनुहुने सम्पूर्ण मनकारी नेपाली दाजु-भाई दिदि-बहिनि, सामाजिक संघ सस्था, अभियन्ता, ब्यवासायी सबैलाइ आर्थिक सहयोग गरिदिनुहुन याम कुमारी थापा मगरको अनुरोध छ ।

अस्पताल भर्ना

सहयोगको लागि Nh Bank काे खातावाल स्वयं Thapa magar yam kumari खाता नंबर 3021086789041 मा इच्छा अनुसारको सहयोको लागि अनुरोध गरिएको छ ।

सहयोगको लागि खाता नम्बर

त्यस्तै सहयोगी अभियन्ता मध्यका एक अरुण श्रेष्ठ ‘ईपीएस छिङ्गु’ ले सहयोगी हरुको नाम र सहयोग रकम उल्लेख गर्दै संपूर्ण सहयोगी मन हरुलाई दिल खोलेर सहयोग गर्न आग्रह गरेका छन् । प्रवासमा अफ्ठेरोमा परेका नेपाली हरुलाई विभिन्न किसिमले सहयोग गर्दै आएका श्रेष्ठले आफ्नो फेसबुकमा पोस्ट गर्दै सहयोगको लागि अपिल गरेका हुन् ।

प्रतिकृया दिनुहोस्