आज फेरी बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ? हे’र्नुहोस्

नेपाली बजारमा सोमबार सुनको मूल्यमा सा’मान्य वृद्धि भएको छ ।नेपाल सुनचाँदी व्य’वसायी महासंघले जनाए अनुसार आज सुनको मूल्य तोलामा ४ सयले बढेको हो । आइतबार तो’लामा ९० हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार बढेर तोलामा ९१ हजार रुपैयाँमा कारोबार भएको म’हासंघले जनाएको छ ।

यस्तै तेजाबी सुन तोलामा ९० हजार ५०० रुपैयाँमा कारोबार भएको छ । आज चाँदी’को मूल्य भने स्थिर रहेको छ । आइतबार तोलामा १३ सय रुपैयाँमा कारोबार भएको चाँदी सोम’बार पनि सोही मूल्यमा कारोबार भएको हो ।

यो पनि,गत वर्षका तुल’नामा दाङमा यस वर्ष तोरीको उत्पादन बढेको छ । जिल्लामा यसवर्ष ५४.८६ प्रतिशत बढी तोरी उत्पादन भएको हो । कृषि ज्ञान केन्द्रका अनुसार सरकारले तेलहन बाली’लाई प्रवद्र्धन गर्न थालेपछि तोरी खेतीतर्फ किसानको आकर्ष’ण हुँदा उत्पादन समेत बढेको हो ।

गत वर्ष २० हजार १७८ मेट्रि’क टन तोरी उत्पादन भएको थियो भने यस वर्ष १८ हजार ६०० हेक्टर जमीनमा लगाइएको तोरी ३१ हजार २४८ मेट्रिक टन उत्पादन भएको केन्द्र’ले जनाएको छ । गत वर्षभन्दा यस वर्ष ११ हजार ७० मेट्रिक टन तोरी उत्पादन भएको केन्द्रका सूचना प्रसार अधिकृत उमेशचन्द्र श्रेष्ठले जानका’री दिनुभयो ।

औसत तोरी प्रति’हेक्टर १० क्विन्टलसम्म उत्पादन हुने गर्दछ । “गत वर्ष प्रतिहेक्टर १० क्विन्टलका दरले तोरी उत्पादन भएकामा यस वर्ष बढेर प्रतिहेक्टर १६ क्विन्टलका दरले तोरी उत्पा’दन भएको छ । ” उहाँले भन्नुभयो । गत वर्ष तोरी खेती भएको हिँउदे मौसममा अधिक वर्षा हुँदा तोरीसँगै अन्य बालीको उत्पा’दनमा कमी आएको थियो ।

यस वर्ष मौ’सममा अनुकूल तथा रासायनिक मलको पर्याप्तता मुख्य कारण भएको उहाँले जानकारी दिनुभयो । यस वर्ष स्थानीय तहले उन्नत जातको बीउबिजन वितरण गरिनु र सम’यमा पानी परेका कारण उत्पादनमा वृद्धि भएको रहेकाले गत वर्ष तोरी उत्पादन राम्रो भएको छ । तोरी उत्पादन राम्रो भएपछि यहाँका कि’सान खुशी भएका छन् ।

गढवा गाउँपालिका–७ का वि’कास चौधरीले यस वर्ष १० क्विन्टल तोरी बिक्री गरेको बताउ’नुभयो । प्रतिक्विन्टल रु ११ हजार ५०० का दरले बिक्री गरेका उहाँले रु एक लाख १५ हजार आम्दानी गरेको जा’नकारी दिनुभयो । “तोरी राम्रो उत्पादन भयो”, उहाँले भन्नुभयो, “घरमा आवश्यक पर्ने तोरी राखेर बाँकी बिक्री गरेँ, यस वर्ष तोरीले राम्रो आम्दानी दिएको छ ।” उहाँ जस्तै सोही गाउँका अन्य किसान पनि तोरी उत्पादन र तोरीको बजार मूल्य राम्रो पाए’पछि खुशी भएका छन् ।

तोरी बेच्नलाई कुनै सम’स्या नै भएन ग्राहकहरु घरमै आएर खरीद गरेर लग्ने गरेकाले सजिलो भएको उहाँले बताउ’नुभयो । जिल्लालाई खाने तेलका लागि आत्म’निर्भर बनाउन तोरी उत्पादन बढाउने उद्देश्यले तोरी जोनका रुपमा विकास गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्या’न्वयन एकाइ (तोरी जोन) दाङले अनुदानमा बीउ वितरण गरेको थियो ।

जिल्लामा मूल बीउ उतपा’दन र तोरी खेतीका लागि अनुदानमा तोरीको बीउ वितरण, सिँचाइ कुलो निर्माण, कृषकलाई कृषि औजार वितरण, विभिन्न तालीमलगायत कार्यक्रम सञ्चालन गरेको हो । अन्तर्गत पश्चिम दाङका बबई, दङ्गीशरण र शान्ति’नगर गाउँपालिका तथा तुलसीपुर उपमहानगरपालिका–१ र २ लाई समेटेर ‘तोरी जोन’ का रुपमा विकास भएको हो । जिल्ला तोरी उत्पादनका लागि उर्वर भूमि मानिन्छ भने यहाँ उत्पादित तोरी बाहिरी जिल्ला’मा समेत निर्यात गर्ने गरिन्छ । ओएस नेपालबाट

प्रतिकृया दिनुहोस्