‘फोटो फिरिममा -२’ की यति राम्री डाक्टर मिडियामा, यिनको रुप हेरेरै बिरामी निको हुन्छन् (भिडियो हे’र्नुहोस)

केहि समय यता सा’माजिक अभियन्ता, संचारकर्मी, अभिनेता, गीतकार, नि’र्देशक शिशिर भण्डारीको फोटो फिरीममा–२ (रुमाल चिनो छ) सार्वजनिक भएको छ । शिशिर भण्डा’रीको एक बर्ष अगाडी सार्वजनिक भएको गित ‘फोटो फिरिममा’ले न सोचेको सफलता पाए संगै शिशिर भण्डारीको सांगी’तिक बेस्ताता पनि बढ्दै गएको छ ।

रचना रिमाललको सुमधुर आवाजमा सजिएको फोटो फिरिममा गितको भिडियोलाइ थोरै लगानीमा निर्माण गरिएको भएता पनि रचना रिमालले गाएको ‘फोटो फिरिममा’ गितले नेपाली सांगीतिक आकाशमा इतिहास रचन सफल रहयो | रचनाको महिला आवाजले सफलता पाए पछि शिशिर भण्डारीले उही सब्द संगीतमा केहि परिवर्तन गर्दै प्रताप दासको पुरुष आवाजमा राम्रै लगानीमा ठुलै टिमको साथमा ‘फोटो फिरिममा’को मेल भर्जन सार्वजनिक गरे ।

मेल भर्जनको भिडियो र प्रताप दासको आवाजलाई सपूर्ण नेपाली दर्शकहरुले अत्याधिक रुचाएका थिए । एक बर्ष अगाडी सार्वजनिक भएको फोटो फिरिममा गीतको कथालाइ पूर्णता दिन भण्डारीले फेरी पनि ‘फोटो फिरिममा’को सिक्वेल ‘फोटो फिरिममा २ रुमाल चिनो छ’ बजारमा ल्याएका छन् । सार्वजनिक गरिएको सिक्वेल भिडियो अत्यन्त मार्मिक र सबै दर्शकहरुको मन छुने गित बनेको छ । शिशिर भण्डारीको डेब्यू निर्देशन रहेको भिडियोमा अहिलेका चर्चित नायक आकाश श्रेष्ठ पनि बिशेष भूमिकामा देखिएका छन्।

शिशिर भण्डारी इन्टरटेनमेन्टको प्रस्तुति रहेको भिडियोमा शिशिर र आकाश संगै नायिका रिश्ता बस्नेत, जुन सुन्दास, प्रकाश रामदाम, सुरक्षा जिसी र वसन्त भण्डारीको पनि अभिनय रहेको छ। भिडियोमा ज्ञानेन्द्र साही हुमागाईले छायांकन गरेका हुन् भने दिन्सन शाहले सम्पादन गरेका हुन्। गायक प्रताप दास, कुमार अभि र गायिका रचना रिमालको आवाजमा सजिएको गीतमा शब्द तथा संगीत शिशिर भण्डारीकै रहेको छ ।

सार्वजनिक गितमा संगीत संयोजन भने बिशाल निरौलाको रहेको छ । सार्वजनिक गीतको भिडियोमा प्रेममा धोका, त्याग र बिछोड पछिको मानसिक र शारीरिक सन्तुलन गुमाएको अवस्थालाई देखाईएको छ। गीतको बाकि कथा रचना रिमालको आवाजमा चाडै आउने बताइएको छ। यस्रैबिच गीतकी प्रमुख कलाकार जुना सुन्दास मिडियामा आएकी छिन् । गीतमा डाक्टरको भुमिकामा प्रस्तुत भएकी जुनालाई सबैले रुचाएका छन् । इताजा खबरबाट

भिडियो हेर्नुस:

प्रतिकृया दिनुहोस्