उत्तरी चुरे क्षेत्रका बासिन्दाले खानेपानीको स’ङ्कट झेल्दै, घण्टौँ धाएर पानि बोक्नु पर्ने बाध्यता

सर्लाही, ५ वैशाख -उत्तरी चुरे क्षेत्रका बा’सिन्दाले खानेपानीको सङ्कट झे’ल्दै आएका छन् । बर्सेनि सुक्खा मौसममा त्यस क्षेत्रका बासिन्दाले खानेपानीको अभा’व झेल्ने गरेका हुन् ।  सुक्खा याम शुरु भएपछि चुरे क्षेत्रका धारा, इनार, कुवालगायत खानेपानीका स्रोत सुक्ने गरेको स्था’नीयवासीले बताएका छन् । चुरे डाँडाका बस्ती र चुरे डाँडा छेउछाउका बस्तीमा फागुनदेखि नै खा’नेपानीको समस्या सिर्जना हुने गर्दछ ।

हिउँदका केही महि’ना चुरे क्षेत्रमा पर्ने भालुखोप, केराबारी, वनमारा, बेलडाँडा, कालीञ्जोर, परवानीपुर, नाराय’णखोला, अत्रौली, ढुङ्गेखोला’लगायत क्षेत्रमा खानेपानीको सङ्कट हुने गरेको हो । बढ्दो वन विनाश र अवैध उत्खननले गर्दा पछिल्ला वर्षमा खानेपानीका मुहान चाँडो सुक्न था’लेका छन् । यस क्षेत्रका बासिन्दा एक गाग्री खानेपानी जोहो गर्न घण्टौँ धाएर छिमेकी गाउँसम्म पुग्न बाध्य भ’एका छन् ।

गाउँका ४०÷४५ घरधु_रीका लागि एउटा मात्रै कुवा रहेको र त्यस कुवामा रातभरि जम्मा भएको पानीले दुई÷चार घरलाई मात्र पुग्ने गरेको ईश्वरपुर नग’रपालिका–१२, कालीञ्जोरका कान्छा लामाले बताउनुभयो । “अहिले गाउँका अधिकांशले नजिकैको खोला, कुवा र छिमेकी गाउँबाट पानी ल्याएर खाइ’रहेका छौँ”, उहाँले सुनाउनुभयो । चुरेका बासिन्दा र वस्तुभाउले एउटै खोला÷खोल्सा’को पानी खान्छन् । दूषित पानी पिउँदा स्थानीय बासिन्दा बर्सेनि पखालालगायत अन्य पानीजन्य रोग’को शिकार बन्दै आएका छन् ।

लालबन्दी नगरपा’लिका–१२ भालुखोपका वीरबहादुर रानाले फागुन र चैतमा खानेपानीको जोहो गर्न निकै अप्ठ्या’रो हुने गरेको गुनासो गर्नुभयो । “मुहानै सुक्न थालेपछि गाउँका धारामा कम पानी आउन थालेको छ”, रानाले भन्नुभयो । एक गाग्री पानीका लागि पाँच घण्टासम्म कुर्नुपर्ने बाध्य’ता रहेको स्थानीयवासीको भनाइ छ ।

खानेपा’नीको अभाव टार्न गत वर्ष लालबन्दी, वाग्मती र हरिवन नगरपालिकाले लिफ्ट प्रविधिबाट चु’रेका केही बस्तीमा खानेपानी पु¥याए पनि केही स्थानबाहेक अधिकांश बस्तीमा त्यो प्रविधि प्रभा’वकारी नभएको स्थानीयवासीले बताएका छन् । तर नगरको उत्तरी क्षेत्रका बस्तीमा खानेपानीको अभा_व हुन नदिन पुराना इनार मर्मत एवम् नयाँ निर्माण गर्ने र ठाउँठाउँमा डिप बोरिङ गाड्ने काम भइरहेको जनप्रति’निधिले बताएका छन् ।

हरिवन–१ चुरेपाखोस्थित धि’मिलेमा आधा दर्जन गाउँलाई पानी खुवाउन ओभर’हेड ट्याङ्की शिलान्यास गरिएको छ । नगरप्रमुख गणेशप्रसाद प्रसाईंले उक्त ओभरहेड ट्याङ्कीको शिलान्यास गर्नुभएको हो । चालु आव २०७७÷७८ सम्म सम्पन्न गर्ने गरी दुई हजार लिटर क्षमताको ओभरहेड ट्याङ्की नि’र्माण गर्न शुरु गरिएको नगरप्रमुख प्रसार्इंले जानकारी दिनुभयो । सो आयोजनाअन्तर्गत १ नं वडाका सात स्थानमा त्यति नै क्षमताको ट्याङ्की निर्मा’ण हुने नगरपालिकाले जनाएको छ ।

रु एक करोड ५० लाख लाग’तमा निर्माण हुन लागेको ट्याङ्कीमा दुई मुहानबाट पानी लिफ्टिङ गरेर लैजाने योजना रहेको नगर उपप्रमुख रेणुका पौ’डेलले बताउनुभयो । यसरी लिफ्टिङ गरिएको पानी चुरेडाँडामा रहेका बनमारा, केराबारी, थामिटोल, विलन्दी र बेलडाँडामा पाइपलाईनमार्फत वितरण गरिनेछ । पानीको उपयुक्त स्रोत नहँुदा त्यहाँका स्थानीय’वासीले मूलको जरुवा पानीलाई कुवा बनाएर सङ्क’लन गरेर पिउँदै आएका छन् ।

त्यहाँ रहे’को कुवा पनि हिउँदको केही महिना सुक्ने गर्दा काकाकुलको अवस्था बेहोर्नु परेको स्थानीयवासी सोमबहादुर वाइवाले गुनासो गर्नुभयो । गाउँमा पानी ट्या’ङ्की निर्माण हुने र घरघरमा धाराबाट पानी आउने भएपछि स्थानीयवासी खुशी भएका छन् । नगरको अति विकट मानिने वडा नं १ र आसपासका क्षेत्रमा कसरी पानी पु¥याउन स’किन्छ भनेर थप अध्ययन गरिसकेको र नजीकैको खोलाबाट लिफ्ट प्रविधिमार्फत खानेपानी पु¥याउने थप प्रयास भइरहे’को नगरप्रमुख प्रसार्इंले बताउ’नुभयो ।(रासस)

प्रतिकृया दिनुहोस्