सिओलमा बस्ने विदेशी’लाई कोरोना भाई’रस आपतकालिन नगद राहत प्रदान गरिने भएको छ । यस अघि मार्च महिना’मा सउलमा उक्त राहत बाँडिएको भएपनि विदेशी’लाई उक्त राहत पाउन बाट बञ्चीत गरिएको थियो ।
सिओल महान’गरले प्रदान गर्ने सो राहत परिवा’रको सदस्य संख्या र न्युनतम प्रति’व्यक्ति आय भन्दा कम आमदानी भएका परिवारलाई बढिमा ५ लाख वन सम्म प्रदान गर्ने छ । यस राहत कार्यक्र’मले सिओलमा बस्ने ९५ हजार विदेशी ला’भान्वीत हुने अपे’क्षा गरिएको छ ।
कोरिया प्रवेश गरे’को अगष्ट २७ सम्ममा ३ महिना पुगेको हुनुपर्ने र राहत प्राप्त गर्न योग्य विदेशिले आवेदन दिन सक्ने बता’ईएको छ । कोरियामा बसेर अध्ययन गर्ने र भिषा’द्धारा अनुमति नपाईएका व्यवसाय गर्ने विदेशी भने उक्त रा’हत पाउन योग्य नरहेको सूच’नामा उल्लेख छ ।
प्रिपेड कार्ड मार्फत प्रदान गरिने उक्त राह’त रकमको म्याद डिसेम्बर १५ सम्म’कालागि मात्र रहने बताईएको छ । एक देखि दुई जना’को परिवारलाई ताेकि’एकाे मापदण’डमा आधारित रहेर ३ लाख वन, तीन देखि चार जनाको परिवारलाई ४ लाख वन र ५ देखि ६ जनाको परिवारलाई ५ लाख वन प्रदान गरिने छ ।
सिओल महान’गरले यस अघि मार्च महि:नामा नगरभित्रमा कोरोकाकारण आय खस्किएका १६ लाख परिवारलाई राहत उपलब्ध गराएको थियो ।
त्यतिबेला कोरि’यामा विहे गर्ने आप्रवासी र शरणर्थी’हरुलाई उक्त राहत प्रदान गरिएपनि अन्य विदेशीलाई भने उक्त राहत’बाट बञ्चीत गरिएको थियो ।
सरकारको उक्त विभे’दकारी कदमको विरोध भएपछि जुन महिनामा मानव अधिकार आयोगले उक्त राहत विदेशी’लाई पनि प्रदान गर्नुपर्ने सिफरिस यहाँको सर’कारसमक्ष गरेको थियो ।
उक्त कार्य’क्रम अगष्ट ३१ देखि सुरु भएर सेप्टेम्बर २५ सम्म चल्ने छ । आवेदनकालागि यहाँ थिचेर लगइन गरि गर्न सकिने छ । अनलाईन बाहेक अन्य क्षेत्रहरुमा पनि आवेदन दिने व्यवस्था गरि’एको छ । ई-९ भिषाधारीलाई भने याे सुविधा उप’लब्ध छैन । – खबर पेपर