‘कस्तो सुहाको फुली लगाको’को टिम इन्द्रेणीमा, प्रिज्मा प्रिन्सी छमछम नाचे (हे’र्नुहोस् भिडियो)

चर्चित संगीतकार सि.एल शर्माको शब्द संगीतमा तयार भएको गीतको तिब्र रुपमा प्रचार प्रसार भइरहेको छ । कस्तो सुहाको फुली लगाको बोलको गीतको प्रचार प्रसारका लागि संगीतकार सि एल शर्मा, गायक सुरेन चन्द र गायिका विशाखा शाही, मोडल सुधिर श्रेष्ठ, सुन्दरी जुम्ल्यहा दिदी बहिनीद्धय प्रिज्मा प्रिन्सी खतिवडा इन्द्रेणीमा पुगेका छन् ।

आवाजमा दम र मेलोडी भरीएका पछिल्लो पुस्ताका लोकप्रिय गायक सुरेन चन्द र विशाखा शाहीले गाउँदा इन्द्रेणीका कलाकारहरु छमछम नाचेका छन् । उनीहरुलाई प्रिज्मा प्रिन्सीले पनि साथ दिएका छन् । सो अवसरमा इन्द्रेणीका संचालक कृष्ण कँडेलले भिडियो खुलेर तारिफ गरेका छन् भने कलाकारहरुले निकै राम्रो काम गरेको बताएका छन् ।

शान थापाको निर्देशनमा तयार भएको गीतको भिडियोको कोरियोग्राफी राजिव समिरको रहेको छ । सुप्रिम पराजुलीको सम्पादन तथा कलरिगं रहेको भिडियोको छायांकन अर्जुन तिवारीले गरेका छन् । हेर्नुहोस् छमछम नचाउने र टिकटक बनाउन मिल्ने यो रमाइलो भिडियो – ओएस नेपालबाट

प्रतिकृया दिनुहोस्