खुर्सानी एक लो’कप्रिय तरकारी तथा मसला बाली हो । खुर्सानी सबै खालको हावापानी भएको ठाउँ र बलौटे दोमट मा’टोमा उपयुक्त हुन्छ । खुर्सा’नीको खेती पहाडी क्षेत्रमा सामान्य’तया गर्मी याममा र तराई क्षेत्रमा हिउँदको सम’यमा गर्ने गरिन्छ । नेपालका प्राय सबै भू -भागमा अकबरे खुर्सानीको खेती हुने भएता पनि अकबरे खुर्सानी ने’पालको पहाडी जिल्लाहरूमा राम्रो उत्पा’दन हुन्छ ।
नेपालको पूर्वी प’हाडी जिल्ला इलाम, तेह्रथुम, धनकुटा, सङ्खुवासभा, भोजपुर लगायतका जिल्लाहरूमा यसको उत्पा’दन धेरै हुने गर्छ । खुर्सानी धेरै थ’रीका हुन्छन् । डल्ले, अकबरे, ज्यानमारा, जिरे आदि पिरो हुने गर्दछ भने अकबरे खुर्सानी असाध्यै मिठोे र लो’कप्रिय खुर्सानी मानिन्छ ।
ईलामको सुर्यो’दय नगरपालिका–१२ आठघरेका मदन राई लामो समयदेखि कृषि पेसामा छन् । उनले ठूलो क्षेत्रफलमा व्यव’सायिक रुपमा अकबरे खुर्सा”नी खेती गरेर मनग्य आम्दानी पनि गर्दै आएका छन् ।वर्षको झण्डै १० लाख रुपैयाँको अकबरे खुर्सानी बिक्री गर्ने उनले यसैको मुनाफाले डेढ करोड मूल्य बराबरको ३० रोपनी जग्गा समेत जोडे ।
यो भिडि’ओमा उनले हामीसँग आफ्नो अनु’भव बाँडेका छन् । अकबरे खु’र्सानी खेती कसरी गर्ने ? यसको बजार कस्तो छ ? यो कस्तो ठाउँमा हुन्छ ? मुनाफा कति हुन्छ ? लगा’यतका प्रश्नहरुमा उनले खुलेर जवाफ दिएका छन् । कृपया भिडिओ अन्त’र्वार्ता पूरै हेर्नुहोला । ताजाखबरबाट