४२ औँ वर्षमा अटोचलाइरहेकी कञ्चन’पुरकी गोमा (डगौरा) चौधरी अझै जीवन सङ्घ’र्षमय बित्ने बताउँछिन्। जब, पुर्नवास नगरपालिका अमर बस्तीबाट १६ वर्षको उमेरमा उनको भीमदत्तनग’रपालिका २ भाषिका धनबहादुर चौधरी सँग विवाह भयो, कमजोर आर्थिक अवस्थाले जीवन जिउन नस’किने उनमा निराशा छायो। एकातिर घरपरिवार र कोखबाट जन्मिने सन्तानको भविष्य’को विषयले औधी चिन्तित उनी ।
आफ्नो जीव’नभन्दा सन्तानको जीवन एकदमै सुधा’रात्मक होस् भन्ने चाहना बोकेर उनले जीवनको सुरु’वाती सामान्य साइकल बाट सुरु गरिन्। साइकलमा मा’लसामान बोक्दै १५ वर्ष उनले वितत गरिन्। उक्त अवधिमा दुई सन्तानकी आमा बनिस’केकी थिइन गोमा ।
साइकलमा मा’लसामान बोकेर विक्रेताकहाँ पु¥याउदै गर्दा उनका श्रीमानले सामान्य पसल समेत थापेका थिए। पसलको का’रोबार र साइकलमा सामान ओसार–पसार गर्दे छोरी सरिता चौधरीलाई महेन्द्रनगर स्थित बालजागृती विद्या’लयमा भर्ना गरिन्। सरिताले प्रवेशिका परीक्षा बालजागृती बाटै उत्तीर्ण गरेकी हुन्। छोरा सन्तोष चौधरी महेन्द्रनगर स्थित रेडिएण्ट माध्यामीक विद्यालयमा अध्य’यनरत थिए।
दुई सन्तानको अध्ययनको सिलसिला जारीर’हेपछि उनले साइकल बाट मोटरसाइ’कलमा समेत मालसामान बोकिन्। कमाइको बचत बाट उनले ६ वर्ष पहिले अटो रिक्सा पनि खरिद गरेकी थिइन्।
दुई सन्ता’नको भविष्य उज्ज्वलको कामना सहित उनी निरन्तर काममा खटिइन्। लगत्तै छोरी सरिताले स्टा’फ नर्स कोर्स पुरा गरिन्। उनले लोकसेवा मार्फत अनमीमा नाम निकालिन्। छोरी बाजुरा स्थित बाजुरा स्वास्थ्य चौकीमा सर’कारी जागिरे भएको उनी बताउँछिन्। छोरा सन्तोष चौधरी भैरहवा स्थित सिद्धार्थ मेडिकल कलेजमा एमबि’बिएस अध्ययनरत रहेको उनी बताउँछिन्।
जीवनको सान्द’र्भिकता अँगाल्दै उनले आफ्नो जीवन सरह सन्तानले पनि कष्ट झेल्न नपरोष भन्ने चाहनाले अझै केही वर्ष अटो रि’क्सा चलाउने बताएकी छन्। उनले भनिन्– ‘काम सानो ठुलो हुँदैन, आफुले उच्च शिक्षा हासिल गर्न नपा’उँदा सन्तान पनि वञ्चित नहोउन् भन्नका लागी अटो चलाउने पेसा अङ्गाले’की हु।’
अटो रि’क्सा बाट मासिक ४०–५० हजार कमाइहुने गरेको उनी बताउँछिन्। अटोबाटै सन्तानलाई उच्च’शिक्षा देखी जागिरे बनाउने सपना छिट्टै सकार हुने भन्दै उनले हर्ष व्यक्त गरिन्। भुवन भट्टले हाम्रो कालापा’नीमा लेखेका छन । इताजा खबरबाट