फुर्पा लामा सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नम्वर १ का स्थानीय अगुवा हुन् । उनकै पहलमा गाउँमा बाटो, बिजुली पुगेको स्थानीयहरु बताउने गर्दछन् । उनी २००८ सालमा यहि गाउँमा जन्मिएका हुन् । ‘उ बेलामा मन परेको केटीलाइ तानेर ल्याउने चलन थियो’ उनि भन्छन्, ‘ल्याएपछि ल्यायो ल्यायो, चलनै त्यस्तै थियो ।
उनले पनि आफु १८ बर्षको हुँदा विवाह गरे । त्यो पनि बलसिंह । फुर्पा भन्छन्, ‘अहिले गरिने विवाहलाइ मिलसिंह विवाह भनिन्छ ।’ तर उनले गरेको विवाह भने बलसिंह हो । तानेर ल्याएको भनेर त्यो बेला गरिने विवाहलाइ बलसिंह नाम दिएको उनले बताए ।
तानेर ल्याएपछि केटि पक्षको मन्जुरी नभएपनि त्यो विवाह नै हुन्थ्यो । तर अहिले उनको समुदायमा यस्तो चलन छैन । आफु आफु मन पराएर होस् वा अविभावकको सल्लाहमा आजभोली विवाह हुने गर्दछ । तर उनको पालोमा त्यस्तो थिएन । केटालाई मन परेपछि केटीलाई तानेर ल्याउने अनौठो चलन थियो । ओएस नेपाल बाट