शि’वराज पुरीले पछिल्ला २ बर्षदेखि व्यव’सायिक रुपमा बाख्रा पाल्दै आएका छन् । उनको खा’रमा अहिले १ सय बढी बाख्रा छन् । उनको व्यवसा’यलाइ २ छोराले साथ दिइरहेका छन् । उनको खोरमा बोयर जातका तीनवटा ठु’लाठुला बोका छन् ।
तीन बोका मध्ये सबै’भन्दा ठुलो बोकाको नाम ‘धुम्मे’ हो । शिवराजका अनुसार धुम्मेको तौल लगभग एक सय किलो छ । ‘पहिला जो’ख्दा एक सय किलो भन्दा धेरै थियो’ शिव’राजले भने, ‘अहिले त समातेर जोख्नै सकिदैन ।’
धुम्मे निकै रिसाहा स्व’भावको छ । उसले आफ्नो मालिक बाहेक सबैलाई मार्छ । ‘बाहिरको मान्छे त देख्नै सक्दैन’ शिव’राजले भने, ‘उसलाइ रिस उठ्यो भने मलाइ स’मेत छोड्दैन ।’ यो ७५ प्रतिशत बोयर जातको बोको हो । शिव’राजले धुम्मेको मुल्य २ लाख रुपैयाँ तोकेका छन् ।
अहिले बोयर जा’तको बाख्रा पालन तर्फ नेपालमा किसानहरुको आकर्षण बढ्दै गएको छ । शिवरा’जले पनि बोयर जातको धुम्मे बोको किनेर स्थानीय जा’तका माउ बाख्रामा क्रस गराउँदै आएका छन् । अहिले धुम्मे जस्तै उनको खो’रमा अन्य २ वटा बोका पनि छन् । ओएस नेपालबाट