धनपती भण्डा’री अलैंची किसान हुन् । उनी सिन्धुपा’ल्चोकको हेलम्बु गाउँपािलका वडा नम्वर २ मा बस्दै आएका छन् । उनले बिगत सात बर्षदे’खि आफ्नै बारीमा अलैंची खेती गर्दै आ’एका हुन् । ‘पहिला पनि हामी किसान थियौं ।’ उनले भने ।
धान फल्ने खेतमा अ’लैंची लगाएर आफुले ठिक गरेको उनको भनाइ छ । पाँच रोपनी क्षेत्रफलमा लगाइएको अलैंची खे’तीबाटै अहिले उनको घर’खर्च चलेको छ । धान रोप्दा हुने फाइदा भन्दा अलैंचीबाट दोब्बर फाइदा भएको उनले बता’एका छन् ।
यस अघि अलैं’चीको राम्रै मुल्य पर्ने भएपनि अहिले बिचौलियाका कारण किसानहरु मारमा परेको भन्दै उनले गुना’सो गरेका छन् । निरन्तर पानी बगिराख्ने, ओ’सीलो भिरालो र उत्तर फर्किएको जग्गामा अलैंची खेती असाध्यै राम्रो हुने उनले ब’ताए । ओएस नेपालबाट