२०७८ सा’लको तेस्रो दिन आज सुनको मूल्य बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ७ सय रुपैंयाँले बढेको हो । आज छा:पावाला सुनको मूल्य ९ हजार ५ सय कायम भएको छ। यस अगाडी बिहिबार(हिजो) छापावाला सुनको मूल्य तोलामा ३ सय रुपैं’याँले बढेको थियो।
त्यस्तै आज तेजाबी सुनको मूल्य भने तोलामा ६ सय ५० रुपैंयाँले बढेको छ। नेपाली ब’जारमा आज तेजाबी सुनको मूल्य ९० हजार रुपैंयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। शुक्रबार सुनको मूल्य दुई महिना यताकै महँगो भएको छ। नेपाल सुन चाँदी व्य’वसायी महासंघका अनसार शुक्रबार कायम भएको सुनको मूल्य फागुन महिना यताकै महँगो हो। फागुन ४ गते छा’पावाला सुन ९० हजार ९ सय र तेजाबी सुन ९० हजार ४ सय रुपैंयाँमा कारो’बार भएको थियो।
यो पनि पढ्नुहोस्: काठ’माडौं । छेतेन गुरुङ र मन्दिप गौतमको लेखेको चलचित्र ‘प्रेम गीत ३’ नेपालसँगै भारतमा प्रदर्शन हुने भएको छ । निर्माण पक्षले यस चल’चित्रलाई एकसाथ हिन्दी र नेपाली भाषामा डबिङ गराएको छ । हिन्दीमा डबिङ बाहुबलीका कला’कारको गरेको निर्देशक सन्तोष सेनले जानकारी दिए । उनले चलचित्रको हिन्दीमा डबिङ सकि’एको सुनाउँदै अन्य भाषामा पनि रिलिजको तयारीमा आफूहरु लागेको बताए । उनले भने, ‘डबिङको क्रममा बलिउड कलाकारले फिल्मको प्रशंसासमेत गरेका छन् । यसले हा’मीलाई निकै उत्साहित बनाएको छ ।’
निर्देशक सेनले भारतीय कलाकारले चलचित्रको कथानुसार लोकेसन र कलाकारको अभिनयले ‘प्रेम गीत ३’ सफल हुने दावी समेत गरेको जिकिर गरे । चलचित्रमा दुई सय वर्षअघिको प्रेमकहानीलाई उतारेको निर्माण पक्षले जनाएको छ । चलचित्रलाई स्वर्गीय छेतन गुरुङ र सन्तोष सेनले संयुक्तरुपमा निर्देशन गरेका छन् ।सौर्य दैनिकमा खबर छ ।
चलचित्रका निर्माता सन्तोष सेन र सहनिर्माता कुमार सान शाह र ओएसआर डिजिटल रहेका छन् । चलचित्रमा अभिनेता प्रदीप खड्का, अभिनेत्री कृष्टिना गुरुङ, सुनिल थापा, शिव श्रेष्ठ, सन्तोष सेन, माओत्से गुरुङ, प्रेम पुरी, नवनायक मनिष रावत, अनुभव रेग्मी, सुजल बस्नेत, संवृद्धि शाही ठकुरी, योगिसा खत्री, लक्ष्मी बर्देवा, क्रिजल गौतम लगायतका कलाकारको अभिनय छ । कोरोना कहर कम भएपछि चलचित्र प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ । ओएस नेपालबाट