९ वर्षको उमेरमा भारतमा बेचि’एकी एक चेली ४० वर्षको उमेरमा अहिले नेपाल फर्के’की छन् । उनलाई माइती नेपालको सहयोगमा भारतमा बे’चिएको बताइएको छ । उनी अहिले राम्रोसंग नेपाली बोल्न पनि जान्दिनन् । तपाईको नाम के हो ? भनेर हिन्दीमा सोध्दा राममाया हो भनेर बताउँ’छिन् । पिप्लेगाउँमा आफ्नो घर बताउने उनी मात्र ८ वर्ष उमेर पुरा गरेपछि मुम्बइमा बे’चेको बताएकी छन् । जसले आफुलाई बेच्न लगेको थियो म तपाईलाई राम्रो काम दिला’ईदिन्छु (सिलाई बुनाई सिका’इदिन्छु र पैसा दिलाइदिन्छु) भनेर लगेको उनको भनाई छ ।
फुपुको छोरीलाई पनि त्यसैगरी आ’फुसंगै लगेको महिलाको भनाई छ । मुम्बईमा बेचि’एकी चेली अहिले पाकिस्तानवाट नेपाल फर्केकी हुन् । मुम्बईमा एक जना पाकि’स्तानीले फेला परे । उनले म तलाई विवाह गर्छु अनि तँलाई नेपालमा आफ’न्तहरुकोमा लगिदिन्छु भनेर लिएर गएको बताएकी छन् । त्यो मान्छे धनि थियो । तर ति महिलाले मानिनन् । तर मुम्ब’ईमा जसले उनलाई कि’नेको थियो । उसले धेरै पैसा पाएपछि भने त्यो पाकिस्तानीलाई नेपाली चेली बेचि’दिए । यसरी उनी पाकिस्तान पुगेकी थिइन् ।
नेपालमा वि’पन्न युवती र महिलाहरुलाई पैसा कमाउने र राम्रो जिवन च’लाउन सकिने भनेर दलाल’हरुले भारतमा लैजाने गरेका छन् । यस्तै प्रलोभनमा परेर उनी मुम्बई पुगेकी थिइन् । उनीसंगै फुपुकी छोरीलाई पनि लगिएको थियो । फुपुको छोरी उनी भन्दा ठुलो उमेर’की थिइन् । इताजा खबरबाट