सुन्दा पनि अचम्म, सिन्धुपाल्चोकमा भेटियो दूध दिने गोरु (हे’र्नुहोस् भिडियो)

गोरुले दुध दिएको स’माचार पढ्दा जोकसैलाई पनि अचम्म लाग्न सक्छ । तर गो’रुले पनि दुध दिएको छ । सिन्धुपाल्चोकमा गाईले जस्तै गोरुले दुध दिएको छ । सिन्धुपाल्चोकको हेलम्बु गाउँ’पालिका वडा नम्वर ३ इचोकका किसान सोनाम तामाङ पा’ख्रिनको गोठमा रहेको गोरुले दुध दिएको हो । ‘भुकम्प गएको बर्ष २०७२ सालदेखि यो गोरुले दुध दिन सुरु गरेको किसान सोनामले जान’कारी दिए ।

गोरुले दुध दिए’को थाहा पाएपछि सोनामको गोठमा स्थानीयहरुको घुइँचो लाग्यो । स्थानीयहरुले ढोगभेटी चढा’उँदै गोरुको दर्शन गर्थे । सोनामले पालेको दुध दिने गोरुको नाम सिन्दुरे हो । सिन्दुरे गोरुलाई सबैले भगवान् भन्दै दर्शन गर्न था’लेपछि सोनाम पनि दंग परे ।

गोरुले दुध दिएको देख्नु त टा’ढाको कुरा सोनामले सुनेका पनि थिएनन् । छोराहरुले गोरुको सरसफाइ गर्दा दुध आएको सोनाम बताउछन् । दुध दिन था’लेपछि सिन्दुरे गोरुलाई जोत्न परेन । ‘सबैले भगवान् भनेका छन्, जोत्ने कुरा आयो त ?’ सोनाम भन्छन्, ‘यस’को काम बस्ने खाने मात्रै हो अहिले ।’

सिन्धुपाल्चो’कका स्थानीय पत्रकार उनको गोठमै गए । गोरुले दुध दिएको समाचार बनाए । हेलम्बु गाउँपा’लिकाले पनि गोरुले दुध दिएको थाहा पाए’पछि चासो देखायो । गाउँपालिकाले मन्दिर बनाएर दुध दिने गोरुको संरक्षण गर्नुपर्छ भन्दै अन्यत्र नबेच्न सो’नामसँग आग्रह गर्यो । ओएस नेपालबाट

प्रतिकृया दिनुहोस्