रवि लामिछानेको सक्रियतामा बनेको अस्पताल सञ्चालनमा

सञ्चारकर्मी रवि ला’मिछाने लगायतको सक्रियतामा कालिकोट जिल्लामा बनेको रास्कोट सामुदायिक अस्पताल सञ्चा’लनमा आएको छ । रास्कोट नगरपालिकामा आ’जदेखि सञ्चालनमा आएको सो अस्पतालको उद्घाटनका लागि लामिछाने काली’कोट पुगेका छन् ।

१५ शैया रहने सो अस्प’तालमा एमबिबिएस चिकित्सकले सेवा दिने बताइएको छ । अस्पतालमा आक’स्मिक सेवाका लागि ५ शैया राखिएको छ । देश विदेशमा रहेका नेपालीहरुको तर्फबाट उठेको सहयोग ६ करोड २२ लाख रुपै’याँमा अस्प’ताल भवन बनेको हो ।

यो पनि: परराष्ट्र’मन्त्री प्रदीप ज्ञवालीले नेपालले केही ठूला प्रकृतिक विपत्ति र कोरोना महामारीको बावजुद पनि राष्ट्रिय विका’सको लक्ष्य हासिल गर्न सफल हुने दाबी गरेका छन् । काठमाडौंमा नेपाल विकास अनुसन्धान प्रति’ष्ठानको वार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले विपत्ति, महामारीले चुनौती थपे पनि विकास’को लक्ष्य भेट्ने बताए । नेपालको विकासको सूचकको केही क्षेत्रमा अझै धेरै काम गर्न बाँकी रहेपनि सन २०३० को अन्त्य सम्म दीगो वि’कासका लक्ष्य भेट्टाउने दृढता व्यक्त गरे ।

नेपालमा वि’कास अनुसन्धान प्रतिष्ठान जस्ता संस्थाहरुले नेपालको विकासको सम्भावना र चुनौती पहि’ल्याउन, सुझाव दिन, नीति निर्माण बनाउन ठूलो भूमिका खेल्न सक्ने पनि बताए । नेपालको विकासमा अध्ययन अनुसन्धा’नको ठूलो महत्व रहेको भन्दै मन्त्री ज्ञवालीले भइरहेको विकासको अडचन फुकाउन पनि यस्ता संस्था सह’योगी हुने बताए ।

नेपालले २००४ मा स्था’पना गरेको विकास अनुसन्धान प्रतिष्ठानले सरकार र सरकारका विभिन्न निकायलाई नीतिगत सहयोग गर्दै आएको छ । विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका व्यक्तिह’रुलाई संस्थागत संरचनामा गोलबन्द गरी विकास निर्मा’ण, योजना तर्जुमा, जलवायु परिवर्तन, गरिवी निवारण, प्राकृतिक विपत्ति न्यूनिकरण जस्ता क्षेत्रमा नीतिगत सुझाव दिँदै आ’एको छ । रातोपाटीबाट

प्रतिकृया दिनुहोस्