मेरो पहिलो महिना’वारी मेरा अरू साथीहरू भन्दा ढिलो भएको थियो। त्यतिबेला म कक्षा सातमा पढ्थेँ। सुरूमा क’क्षाका लगभग सबै केटी साथीलाई महि’नावारी भइसक्दा आफूलाई भने किन नभएको होला भनेर मनमा खुल्दुली हुन्थ्यो। सा’थीहरूको महिनावारी अनुभव सुन्दै रमाइलो लाग्थ्यो। त्यसैले म पनि आफ्नो पालो कुरेर बसे’की थिएँ।
वैशा’खको दोस्रो हप्तातिर थियो, मलाई अचानक आफ्नो शरीरमा अनौठो महशुस भयो। म महि’नावारी भएको होस् भनेर सोचिरहेकी थिएँ, नभन्दै भएछु। खै किन हो म निकै उत्साहित थिएँ, मनमा अलिअलि डर पनि लागेको थियो। महि’नावारी हुने बित्तिकै मैले आफ्नी मिल्ने साथीलाई सुनाउन उसको घर गएँ। साथीकी आमाले म महि’नावारी भएको थाहा पाएपछि त्यहीँ सात दिन’सम्म लुकेर बस्नुपर्छ भन्नुभयो। मेरो साथीको पहिलो महिनावारी हुँदा उसलाई पनि मेरो घरमा लुका’उन ल्याइएको थियो।
सुरू’का केही दिन स्कुल जान र गृहकार्य गर्न नपर्दा, घरमा आनन्दले बसेर टिभी हेर्न पाउँदा एक’दमै खुसी लागेको थियो। तर त्यो खुसी बिस्ता’रै हराउँदै गयो। घरका सबैजना काममा जाँदा म एक्लै हुन्थेँ। एक्कासि लामो समय कोठामा थुनिएर बसे’काले दिमागमा धेरै कुरा खेल्थे।
यता शरी’रबाट रगत बगेर गाह्रो भएको बेला आफ्नै बुबा र भाइलाई हेर्न नपाउँदा नरमाइलो लाग्थ्यो। तर मेरो भाइ मलाई आइस’क्रिम लिएर भेट्न आउँथ्यो। बुबालाई पनि आफ्नो कोठाको झ्या’लबाट देखिरहेकी हुन्थेँ।
त्यस’पछिका अरू महिनावारी बेला पनि आमाले मलाई चार दिन बार्न लगाउनुभयो। आमा आफू’ले भने महिनावारी बार्नु हुन्थेन। महिनावारीमा पनि उहाँ भान्सामा खाना पकाउनेदेखि सबै काम गर्नु हुन्थ्यो। गाउँबाट हजुरआमा र हजुर’बुवा आउनुभ’एका बेला परे मात्र बार्नु हुन्थ्यो।
मेरी आमाले महि’नावारी हुँदा अचार, घिउ, मसला, फूल छोयो भने बिग्रिन्छ भनेर छुन दिनु हुन्थेन। त्यो अचार, घिउ, फूललाई म महिनावारी भएको छु भनेर कसरी थाहा हुन्छ भनेर अच’म्म लाग्थ्यो। यो प्रश्नको उत्तर मैले आजस’म्म पाएकी छैन। सेतोपाटीबाट