छिमेकी राष्ट्र भारतमा कोरोना महा’मारी बढिरहदा नेपालमा तिब्र रुपमा बढीरहेको कोरोना माहा’मारी सँग-सँगै मृ’त्यु हुनेको संख्या पनि ह्वात्तै बढेको छ । नेपालमा थप १३ कोरोना संक्रमितको मृ’त्यु भएको छ ।
योसँगै हालससम्म नेपालमा ३ हजार ५३ कोरोना सं’क्रमितको मृ’त्यु भएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप ४९६ जनामा कोरोना भाइरसको संक्र’मण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्र’मतिको संख्या २ लाख ८० हजार ५२४ पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १३८ जना कोरो’नामुक्त भएका छन् । योसँगै हालसम्म २ लाख ७४ हजार १६५ जना कोरो’नामुक्त भएका छन् । नेपालमा हाल सक्रिय संक्रमितको संख्या ३ हजार ३०६ रहेको मन्त्रालयले जनाए’को छ ।
नेपालमा पछिल्लो एक साताको विवरण हेर्दा कोरोना संक्र’मितको दर बढ्दो देखिएको छ । गत सोमबार चैत २३ गते नेपालमा ६ जना कोरोना संक्रमितको मृ’त्यु भएको थियो भने २६६ जनामा संक्र’मण पुष्टि भएको थियो ।
त्यसैगरी चैत २४ गते मंगलबार २६० जनामा संक्र’मण पुष्टि भएको थियो । २५ गते बुधबार तीन जना कोरोना संक्रमितले ज्या’न गुमा’एका थिए भने २९८ जना संक्रमित थपिएका थिए ।
चैत २६ गते विहीबार संक्रमितको संख्या केही बढेको थियो । उक्त दिन ३३२ जनामा सं’क्रमण देखिएको थियो । यसैगरी चैत २७ र २८ गते संक्र’मितको संख्या क्रमशः २८८ र ३३७ थियो भने २८ गते एक संक्रमितको मृ’त्यु भएको थियो ।
त्यस्तै आइतबार (हिजो) ३०३ जनामा को’रोना पुष्टि भएको थियो भने २ जनाले ज्यान गु’माएका थिए । एक साताको तथ्यांक हेर्दा आज सबैभन्दा बढी ४९६ जनामा कोरोना पुष्टि भएको छ भने ज्यान गुमा’उनेको संख्या पनि बढेको छ ।
यस्तै कोरोना भाइरस कोभिड-१९ वि:रुद्धको भेरोसेल खोप मंगलबारदेखि ४० देखि ५९ वर्ष उमेर समूहका नाग’रिकले पाउने भएका छन् । भोलिदेखि ०७८ वैशाख ५ सम्म खोप सो उमेर समूहका नागरिकलाई खोप दिइने स्वास्थ्य सेवा विभाग परिवार कल्या’ण महाशाखा अन्तरगतको खोप शाखा प्रमुख डा. झलक गौतमले बताए ।
चैत २५ बाट १८ देखि ५९ बर्ष उमेर समूहका व्यक्ति’लाई खोप लगाउन सुरु गरिएको थियो । १८ देखि ५९ वर्ष समूहका अर्थात् पहिलो प्राथमि’कतामा परेका विद्यार्थी, प्राध्यापक, चीनमा छात्रवृत्तिमा अ’ध्ययन गर्ने विद्यार्थी, हिमालय पार व्यापार गर्ने नेपाली व्या’पारीले समेत खोप लगाउँन पाउने उनले बताए । यस्तै यसअघि खोप ल’गाउन छुटेका अग्रपंक्तिमा ख’टिनेहरूले समेत चिनियाँ भेरो’सेल खोप लगाउन पाउँछन् । इताजा खबरबाट