कोभिड–१९ को नयाँ स्व’रुपको भाइरस देखापरेपछि सतर्कता अपनाउन विज्ञहरुले सुझाव दिएका छन् । पहिलेको भन्दा कडा खालको भाइ’रस रहेकाले विज्ञहरुले सतर्कता अप’नाउन सुझाव दिनुभएको हो ।
शुक्रराज ‘ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्दे’शक डा सागरराज भण्डारीले अहिले देखिएको भाइरसले कडा खालको रहेकाले सर्तकता अपनाउनु आ’ग्रह गर्नुभयो । “पहिल्यैकै भाइरसको नयाँ स्वरुपमा अहिलेको भाइरस देखिएको छ । यसको अर्को मानि’समा सार्न सक्ने क्षमता पनि बढी हु’न्छ”, उहाँले भन्नुभयो, “त्यसैले स्वास्थ्यका मापदण्ड अपनाई भाइरस सर्नबाट बच्नुपर्दछ ।”
भा’इरसको पहिलेकै जस्तै लक्षण देखिने गरे पनि मृ’त्यु हुने दर पनि बढिरहेको उहाँको भनाइ छ । सङ्क्रमितबाट यस भाइरस सार्ने सम्भावना ७० प्रतिशत हुने गरेको छ । सङ्क्र’मणबाट बच्न खोपभन्दा पनि भौतिक दूरी कायम राख्ने, मास्क लगाउने, स्यानिटाइजर प्रयोग गर्ने र साबुनपानीले बार’म्बार हात धुनु पर्दछ ।
अस्पतालका प्रवक्ता डा अनुप बाँस्तोलाले माप’दण्ड पालना नगर्दा अहिलेको भाइरस दे’खिएको बताउनुभयो । उहाँका अनुसार विद्यालय, भीडभाड हुने ठाउँ, पार्टीप्यालेस, गाडी जस्ता ठाउँबाट भाइरस फैलिने गरेको बता’उनुभयो ।
अहिले देखिएको भाइरस बाल’बालिका, युवा र ५० वर्षमुनिका व्यक्तिलाई पनि देखिने गरेको छ । पछिल्लो एक महिनादेखि यस कडाखालको भाइर’सले गर्दा बिरामी पनि ह्वात्तै बढेको पाइन्छ । नयाँ खालको भाइरसले गर्दा अहिले दैनिक सङ्क्र’मित बढिरहेका छन् । हिजो मात्र ३०३ जना सङ्क्र’मित देखिएका छन् ।
अहिले देशभर ८९ जना सघन उप’चार कक्ष (सघन उपचार केन्द्र) र १५ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् । काठमाडौँका सशस्त्र प्रहरी बल अस्प’तालमा आइसियुमा नौ, नेपाल प्रहरी अस्पतालमा एक, शुक्रराज ट्रपिकलमा आठ, त्रिवि शिक्षण अस्प’तालमा दुई, पाटन अस्पतालमा तीन, ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा छ र हम्स अस्पतालमा नौ जनाको उपचार गराइ’रहेका छन् ।
यस्तै शुक्र’राज ट्रपिकल अस्पतालमा चार, शिक्षण अस्पतालमा एक, पाटन अस्पतालमा पाँच र हम्स अस्प’तालमा एक जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । अस्पतालका प्रवक्ता डा बाँस्तोलाले समुदायस्तरमा यस खा’लको भाइरस ह्वात्तै बढेको बताउनुभयो । उहाँले यस किसिमको भाइरसको लक्षण लामो सम’यसम्म रहने, यही नै लक्षण हो भन्ने पनि पहिचान गर्न नसकिने बताउनुभयो । सङ्क्रमितलाई चाँडै नै निमोनिया हुने सम्भा’वना पनि रहेको हुन्छ । पहिलेको भाइरसभन्दा यस भाइरसले १.६ प्रतिशत मृ’त्युदर पनि बढी गराउने उहाँको भनाइ छ ।
यस्तै कोभिड–१९ को गत वर्ष पाँच प्रतिशत बाल’बालिका सङ्क्र’मित भएका थिए भने अहिले १५ देखि २० प्रतिशत बालबालिका देखिएको उहाँले बता’उनुभयो । बालबालिकामा ज्वरो, झा’डापखला, रुघा लाग्ने जस्ता लक्षण देखिएका छन् ।
इपिडिमि’योलोजी तथा सरुवा रोग नियन्त्रण महाशा’खाका निर्देशक डा कृष्ण पौडेलले नेपालमा नयाँ खालका भा’इरस बढ्दो रुपमा फैलिरहेको बताउनुभयो । उहाँका अनुसार अहिले नमूना परीक्षण गर्दा २०० भन्दा बढी व्यक्तिमा नयाँ खालका भा’इरस रहेको बताउनुभयो ।
भाइ’रस पत्ता लगाउन जीन सिक्वेन्सिङ
अहिले नेपालमा दे’खिएको भाइरस नयाँ खालको भए पनि कस्तो किसिमको हो भन्ने अझै पत्ता लागिस’केको छैन । “नमूना परीक्षणमा भाइरसको नयाँ प्रकारको मात्रा देखिएको छ” उहाँले भन्नुभयो, “परीक्ष’णका क्रममा भाइरसको ‘एस’ जीन नेगेटिभ देखिएकाले भाइरस साँच्चीकै नयाँ भाइरस भन्ने छ । अणु’वांशिक (जीन सिक्वेन्सिङ)को पूरा मात्रा परीक्षण गरेर कस्तो भाइ’रस हो भन्ने पत्ता लाग्दछ ।”
नेपाल’मा यस खालको भाइरसको जीन सिक्वेन्सिङको पूरा मात्राको परीक्षण गर्न जनशक्ति र प्रयो’गशाला नभएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार त्रिभुवन विश्वविद्यालय, काठमाडाँै विश्वविद्यालय र राष्ट्रिय जनस्वास्थ्य प्रयो’गशालामा भएका उपकरणले भाइरसको जीन सिक्वेन्सिङ गर्ने तयारी भ’इरहेको बताउनुभयो ।
राष्ट्रिय जनस्वा’स्थ्य प्रयोगशालाका सूचना अधिकारी राजेश गुप्ताले जीन सिक्वेन्सिङको परी’क्षणका लागि उपकरण ल्याउन थालिएको जानकारी दिनुभयो । उहाँले उपकरण आइ’सकेपछि एक हप्तामा जीन सिक्वेन्सिङको परीक्षण नेपालमा हुने जानकारी दिनुभयो । अहिले विश्व स्वास्थ्य स’ङ्गठनको समन्वयमा जीन सिक्वेन्सिङका लागि हङ्क’ङमा नमूना पठाइने गरि’एको छ । इताजा खबरबाट