कपिल शर्मा शोका कलाकारले प्रत्येक भागका लागि, कति पारिश्रमिक लिन्छन् ?

सोनी टिभीमा प्रसा’रण हुने द कपिल शर्मा शो टिभीको दुनियाँका सर्वाधिक चर्चित हास्यकलाकारमध्ये एक हुन् । यो शोलाई भारतमा मात्रै होइन नेपालमा पनि धेरै मानि’सहरुले रुचाउँछन् । कार्यक्रममा थुप्रै चर्चित कला’कारले आफ्नो प्रस्तुती दिने गर्छन् । तर के तपाईंलाई यो शोको एक एपिसोडका लागि कलाकारले कति पारि’श्रमिक लिन्छन् भन्ने थाहा छ ? आउनुहोस्, यसबारे जानकारी लिऔंः

कपि’ल शर्माः
उद्घोषक र चर्चित सिरिय’ल्समा आफ्नो कमेडीमार्फत् सबैलाई हसाउने कपिल शर्मा भारतका कमेडी किङ बनिसकेका छन् । कपिलले हालसम्म यो शोका लागि हरेक एपि’सोडको ३० लाखदेखि ३५ लाख भारुसम्म लिने गर्दथे । तर आउँदो सिजनमा कपिल शर्माले पारिश्रमिक बढाइदिएका छन् र रिपोर्टलाई विश्वास गर्ने हो भने उनले हरेक एपि’सोडका लागि ५० लाख भारु पाउनेछन् ।

अर्च’ना पूरण सिंहः
अर्चना पूरण सिंह कपिल शर्मा शोकी मुख्य आकर्षक हुन् । शोमा उनको स्थान उच्च छ । उनले नवजोत सिंह सि’द्धूलाई रिप्लेस गरेकी हुन् । अर्चना पनि बीच–बीचमा आफ्ना प्रशंस’कलाई आफ्नो ठट्टाले निकै हसाउँछिन् । उनलाई हरेक एपि’सोडका लागि १० लाख भारु दिइन्छ ।

कृष्णा अ’भिषेकः
आफ्नो कमेडी र महिला पात्रको भूमिका’मार्फत् धेरैको वाहवाही बटुलेका छन् । उनले ज्याकी श्रोफ, अनिल कपुर र अमिताभ बच्चनजस्ता अभिनेताको मि’मिक्री पनि गरेका छन् । कृष्णाले हरेक एपिसोडका लागि १० देखि १२ लाख भारु पारिश्र’मिक पाउँछन् ।

किकू शारदाः
किकू शारदाले लामो समयदेखि मानिस’हरुलाई हसाउने काम गर्दै आएका छन् । यी कलाकारले यो टिभी शोमा काम गर्नका लागि ५ लाख भारु पाउने गर्छन् । उनी शोमा सबैभन्दा क्रियटिभ क्यारेक्ट’र्समध्ये गनिन्छन् । उनले बच्चा यादव, बम्पर’समेत थुप्रै भूमिका निभाइसकेका छन् ।

भारती सिंहः
भारती सिंहको कमेडीको दुनि’याँमा निकै ठूलो नाम छ । उनी हरेक शोका लागि १० देखि १२ लाख भारु लिने गर्छिन् । उनी तिलती यादव र कम्मो बुआको भूमिकामा देखि’इसकेकी छिन् ।

चन्दन प्र’भाकरः
शोमा चियो बेचेर सबैलाई ह’साउने कला यदि कसैमा छ भने त्यो चन्दन प्रभाकर हुन् । आफ्नै बेइज्जती गराएर वाहवाही पाउने चन्दू सबैका प्रिय हुन् । उनी हरेक एपि’सोडका लागि ७ लाख भारु पाउँछन् ।

सुमोना चक्रवर्तीः
सुमो’ना चक्रवर्ती ती पात्र हुन् जसलाई कपिल शर्माले सबैभन्दा धेरै मजाक उडाउँछन् । यहि कारण कार्यक्रमलाई महिलावादी विचारधारा भएका मानिसहरुले ट्रोल गर्ने गर्छन् । सुमो’नाले यो शोको प्रत्येक एपिसो’डका लागि ६–७ लाख पाउने गर्छिन् । रातो पाटी बाट

प्रतिकृया दिनुहोस्