फेसबुकमा सार्वजनिक भयो प्रचण्ड पत्नीको यस्तो तस्वीर

माओवादी के’न्द्रका अध्यक्ष प्रचण्डका दुई छोरीहरू रेणु दाहाल र गंगा दाहालले आफ्नी आमा सीता दाहालको फोटो सा’माजिक सञ्जालमा फेसबुकमा सार्व’जनिक गरे । ‘आमा’ क्याप्सन लेखेर सार्वजनिक गरिएको फोटोमा सीता दाहाल पहिले भन्दा धेरै कमजोर र दुब्ला:एकी देखिन्छिन् ।

सी’ताको फोटो सार्वजनिक भएपछि धेरैले उनको अवस्थाबारे जिज्ञासा राख्दै स्वास्थ्यलाभको काम’ना गरेका छन् । प्रचण्ड पत्नी सीता हाल चितवनमा छिन् । चितवनमा दिदी रेणु दाहालको घरमा पुगेका बेला सो तस्वीर लिइएको गंगा दाहालले जा’नकारी दिइन् । त्यस्तो कुनै सन्दर्भ नभई दिदीसँग भेटेका बेला सो तस्वीर लिइ’एको उनले बताइन् ।

आमाको स्वास्थ्य’ अवस्था सामान्य नै रहेको छोरी गंगा दाहालले बताएकी छिन् । उनले भनिन्, ‘आमाको स्वास्थ्य अवस्था सा’मान्य नै छ । फोटो हेरेपछि धेरै मान्छेहरु आत्तिएका छन्, त्यस्तो बिग्रिएको छैन । तौल केही घटेको छ ।’ दाहा’लमा विगत ४ वर्षदेखि पार्किन्सनको स्वास्थ्य समस्या रहेको छ । उनी दुर्लभ स्वास्थ्य समस्या’का रुपमा रहेको प्रोग्रेसिभ सुपरन्यु’क्लियर पाल्सी (पी.एस.पी) बाट पीडित रहेकी छिन् ।

चिकि’त्सकहरूका अनुसार यो समस्या मस्तिष्कमा असर परेपछि हुने गर्छ । जसबाट मानसिक असन्तु’लनका साथै हिड्न, बोल्न र निल्न समेत गाह्रो हुने गर्छ । यो समस्या ६० बर्ष उमेर माथिकालाई हुने चिकित्सकहरुको भनाइ छ । एकमात्र छोरा प्रकाश दाहालको २०७४ साल मंसिरमा हृ’दयघातबाट नि’धन भएपछि उनमा स्वास्थ्य समस्या बढ्दै गएको थियो । २०७५ साल चैतमा उनलाई उपचारका लागि अमेरिका ल’गिएको थियो । रातोपाटीबाट

प्रतिकृया दिनुहोस्