मान्छेले खाने तर’कारी यतिसम्म महँगो हुन्छ भन्ने कुरा जो कोहीलाई पत्यार नलाग्न सक्दछ । तर यो दुनि’यामा एउटा यस्तो तरकारी छ, जसको मूल्य एक किलोकै झण्डै डेढ लाख रुपैयाँ पर्दछ । सोही कारण यो तरकारी विश्वकै सबैभ’न्दा महँगो तरकारी बनेको छ ।
यो तरका’रीको नाम ‘हप शुट्स’ हो । उक्त तरकारीको बोटमा लाग्ने फूललाई ‘हप कोन्स’ भनिन्छ । सोही फूल’लाई बियर बनाउन प्रयोग गरिन्छ । बोटको बाँकी भा’गलाई तरकारी वा सलादको रुपमा खाइन्छ । यो तरकारी यति धेरै महँगो हुनाका कारण कुनै तरकारी बजार वा सुपरमा’र्केटमा सायदै पाइएला ।
हप शुट्स औषधीय गुणले भरि’पूर्ण हुन्छ भनिन्छ । सोही कारण त्यसको प्रयोग ज’डीबुटीको रुपमा पनि हुने गर्दछ । मानिसहरु यसलाई काँचै पनि चपाउने गर्दछन् । यसको औषधीय गुण’को पहिचान शदियौँ अघि नै भएको हो । इस्वी सम्वत् ८०० को आसपास मानिस’हरुले यसलाई बियरमा मि’लाएर पिउँदथे । त्यो सिलसिला अहिलेसम्म पनि चलिरहेको छ ।
सबैभन्दा पहिले यो वनस्प’तीको खोज उत्तरी जर्मनीमा भएको थियो । त्यसप’छि यसको प्रयोग विस्तारै पूरै विश्वमा नै फैलियो । १८ औँ शताब्दीमा बेलायतले त यो वनस्प’तीमाथि कर समेत लगाएको थियो भने बियर बनाउँदा यो वनस्पती अनिवार्य रुपमा प्रयोग गर्ने नियम बना’इएको थियो ।
–एजेन्सी