कोरोना बढेपछि तीन साता शैक्षिक संस्था बन्द गर्न मन्त्रिपरिषद्लाई सिफारिस, सर्वसाधारणका लागि यस्तो सूचना !

कोरोनाको दोस्रो लहर फै’लन सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन कोभिड–१९ सङ्कट व्यव’स्थापन केन्द्र (सिसिएमसी)ले आग्रह गरेको छ । सिसिएमसीको आजको बैठकले पछिल्लो समय कोभिड सङ्क्रमणको मात्रा बढेको र नयाँ स्वरूपको भाइरस देखिन थालेको भन्दै आवश्यक सतर्कता जरुरी रहेको निष्कर्ष निकालेको हो । प्रधानमन्त्री तथा मन्त्रि’परिषद्का सचिव खगराज बरालका अनुसार बैठकमा पछिल्लो सङ्क्रमणको स्थिति तथा तयारीको विषयमा छलफल गरिएको र आमरूपमा सतर्कता अ’पनाउन अपिल गर्ने निर्णय भएको छ ।

यस्तै जिल्लास्थित कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रलाई थप सक्रिय बनाउने, सीमा ना’कामा रहेका स्वास्थ्य डेस्कलाई थप प्रभावकारी बनाउने, एन्टिजेन परीक्षण बढाइने भएको छ । कोरोनाको लक्षण देखापरेका बिरामीलाई अस्पताल भर्ना गर्ने र ल’क्षण नदेखिएकालाई क्वारेन्टिनमा राखिनेछ । स्वास्थ्य मापदण्डलाई पूर्णरूपमा पालना गर्न बैठकले आग्रह गरेको छ । बैठकले पारित गरेको प्रस्ताव मन्त्रिपरिषद बैठकबाट अनुमोदन भएपछि नयाँ माप’दण्ड लागु हुने बताइएको छ ।

उपप्र’धानमन्त्री तथा सीसीएमसीका संयोजक ईश्वर पोखरेलको अध्यक्षतामा सिंहदरवारमा बसेको बैठकले संक्रमण बढी भएका स्थानहरुका विद्यालय तथा कलेजहरु कम्तिमा ३ साता’सम्म बन्द गर्ने प्रस्ताव गरेको छ ।काठमाडौं, पोखरा लगायतका ठाउँ र केही विद्यालय तथा कलेजमा एस जिन नेगेटिभ (वेलायतको नयाँ भेरियन्ट)को मात्रा बढेको र विद्यालय जाने उमेर स’मूहमा पनि संक्रमण बढी रहेकाले त्यस्ता स्थानमा अनलाइन माध्यमबाट पठनपाठन सन्चालन गर्न डिसिसिएमसी (जिल्ला कोभिड नियन्त्रण केन्द्र)हरुले व्यव’स्था गर्ने भएका छन् ।

सपिङ मल, नाचघर, सिनेमा हल, पार्टी प्यालेस, हेल्थ क्लब, स्विमिङ पुल लगा’यतका क्षेत्र तथा धार्मिक स्थानहरुमा जनस्वास्थ्यका मापदण्डहरु पूर्ण रुपमा पालना गर्न र डीसीसीएमसीले कडाइका साथ अनुगमन गर्न निर्देशन दिएको छ । रात्रिकालिन व्यवसा’यहरु राति १० बजेपछि बन्द गर्नुपर्ने र संक्रमणको अवस्था हेरि एउटा स्थानीय तहबाट अर्कोमा नियन्त्रित आ’वागमन गर्ने निर्णय समेत भएको छ ।

कोरोना सं’क्रमण उच्च रूपमा बढ्ने देखिएपछि सिसिएमसीका संयोजक तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले शनिबार सबै सरोकारवाला मन्त्रीहरूलाई बोलाएर सिंहदरबारमा छल’फल गरेका हुन्। बैठकमा उपप्रधानमन्त्री पोखरेलसहित गृहमन्त्री रामबहादुर थापा, स्वास्थ्यमन्त्री हृदेश त्रिपाठी, पर्यटन मन्त्री भानुभक्त ढकाल लगायत मन्त्रीहरू सहभागी भई छ’लफल गरेका हुन्।

‘हामीले आफ्नो तर्फबाट नेपा’ललगायत छिमेकी देशसहित अन्य देशमा भइरहेको कोरोना संक्रमणको अवस्था कस्तो छ? कसरी नियन्त्रण गरेका छन् ? भन्ने विषयमा ब्रिफिङ गर्‍यौं’, सिसिएमसीका सचिव खगराज बरालले भने, ‘नेपालमा कोराना सं’क्रमण कम गर्न पहिलो चरणमा के के काम गर्न सकिन्छ? दोस्रो चरणमा पुगेपछि राज्य र नागरिकले गर्नुपर्ने दायित्व के के हुन्? भन्ने विषयमा मसि’नोगरी आफ्नो कुरा राख्याैं।’

सि’सिएमसीले कुनै निर्णय गर्ने भन्दापनि कोरोना संक्रमणको पछिल्लो अवस्थाको विषयमा ब्रिफिङ मात्रै गरेको बरालले बताए। तर, बैठकमा विभिन्न कोणमा छलफल भए’पनि कुनै निर्णय नभएको उनले बताए।सिसिएमसीले आफ्नो तर्फबाट कुरा राखेपछि सबै मन्त्रीहरूले आ-आफ्नो धारणा राखेका थिए। पहिलो चरणमा शहरी क्षेत्रमा भीडभाड कम गर्नुका साथै स्वास्थ्य’को मापदण्ड कडाईका साथ पालना गर्नुपर्ने मन्त्रीहरूले सुझाव दिए। सीमा आवातजावत कडाइ गर्नुका साथै स्वास्थ्य चेक जाँचको व्यवस्था गर्नुपर्ने धा’रणा राखेका हुन्।

लकडाउन गर्ने, शैक्षिक संस्था, फिल्म हललगायत बन्द गर्ने विषयलाई दाेस्रो विकल्पका रूपमा राखिएको उनले बता’ए। सिसिएमसी संयोजक पोखरेल हुन् भने सदस्यमा अरु १० सदस्यमा मन्त्री र सचिव रहेका छन्। जसमा गृह, परराष्ट्र, शिक्षा, कृषि, स्वास्थ्य,उद्योग, पर्यटन,अर्थमन्त्री सदस्य हुने व्य_वस्था छ। मुख्यसचिव र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव सदस्य हुने व्यव’स्था छ।

यस्ता’ छन् थप प्रस्ताव :
सार्वजनिक तथा निजी निकायका प्रमुखले आफ्नो तथा अन्तर्गत कार्यालयहरूमा जनस्वा’स्थ्यका मापदण्डको पूर्ण रूपमा पालना गर्ने गराउने प्रस्ताव गरेको छ । विदेशबाट फर्केपछि घरमा क्वारेन्टिन बसेका र संक्रमित भएर घरमै आइसोलेसनमा रहेकाले सो सम्बन्धी मापदण्ड पालना गर्न प्रेरित गर्ने र आवश्यक निगरा’नीका लागि सबै पालिकाहरूले स्थानीय तहमा निगरानी वा अनुगमन समिति बनाई नियमित अनुगमन र निगरानी गरी सो को विवरण डीसी’सीएमसी मार्फत सीसीएमसीमा पठाउने।

सार्वजनिक याता’यातमा यात्रा गर्दा मास्क प्रयोग अनिवार्य गरी जनस्वास्थ्यका अन्य मापदण्ड समेत पालना गर्ने । सिट सङ्‌ख्याका अनुपातमा यात्रुको सङ्‌ख्या सीमित रहने गरी ‍यात्राको व्य’वस्था गर्ने। सो को नियमित अनुगमन यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरीबाट गर्न लगाउने । रात्रीकालीन डान्सवार, नाइट क्लब, दोहरी साँझ जस्ता धेरै भीडभाड हुने क्रिया’कलापहरू राति १० बजेपछी बन्द गर्ने र सो को अनुगमन डीसीसीएमसीले गर्ने।

सङ्क्रमणको अवस्था हेरी महानगर’पालिकाहरूमा ५००, उप महानगरपालिकामा ३००, नगरपालिकामा २००, गाँउपालिकाहरूमा १०० वा सो भन्दा बढी सक्रिय सङ्क्रमित भएमा सम्बन्धित पालिकाहरूको समन्व’यमा नियन्त्रित आवागमन गर्ने व्यवस्था डीसीसीएमसीले मिलाउने र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको समन्वयमा सम्बन्धित पालिकाले टेस्टिङ, क्वारेन्टिन र आइसोलेसन लगाय’तका व्यवस्था मिलाउने ।

कोभिड–१९ को कारण वि’देशमा मृत्यु भएका नेपाली नागरिकको शव शदगतका लागि नेपाल ल्याउनै पर्ने भए सम्बन्धित देशले दिएको अनुमतिका आ’धारमा नेपाल ल्याई शदगत गर्न दिने। जनस्वास्थ्य मापदण्डको आमरूपमा पालना भए-नभएको नियमित अनुगमन गर्नका लागि प्रत्येक जिल्लामा स’हायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा स्वास्थ्य कार्यालय, सबै सुरक्षा निकायहरू र शिक्षा विकास तथा समन्वय एकाइका प्रतिनिधि रहेको अनुग’मन समिति गठन गरी नियमित अनुगमनको कार्य गर्ने ।

हाल सञ्चा’लनमा रहेका सबै आन्तरिक विमानस्थलहरूमा जिल्ला स्वास्थ्य कार्यालयको समन्वयमा अनिवार्य हेल्थ डेस्क स्थापना गरी यात्रुको चेकजाँच गर्ने व्यवस्था मिलाउने । स्थलमा’र्गबाट नेपाल प्रवेश गर्न तोकिएका नाकाहरूमा स्वास्थ्य तथा जनसङ्‌ख्या मन्त्रालयको समन्वयमा प्रदेश सरकार र स्था’नीय तहले अनिवार्य रूपमा हेल्थ डेस्क स्थापना गरी स्वास्थ्य जाँचको प्रबन्ध मिलाउने । इताजा खबरबाट

प्रतिकृया दिनुहोस्