स्थानीय बजा’रमा सुनचाँदीको मूल्य बढेको छ । पछिल्लो केही दिन यता लगातार उकालो लागेको सुनको मूल्य शुक्र’बार पनि तोलामा ९ सय रुपैंयाले बढेर प्रतितोला ८९ हजार ९ सय मा कारोबार हुने सुनचाँदी व्यवसाय महा’संघले जनाएको छ ।
बिहीबार नेपाली बजारमा सुनको मूल्य प्र’तितोला ८९ हजार रहेको थियो ।यस्तै, चाँदीको मूल्य पनि तो&लामा २० रुपैयाले बढेर प्रतितोला १२ सय ८० रुपैंयामा का’रोबार हुने महासंघले जनाएको छ । बिहीबार चाँदीको मुल्य प्रतितोला १२ सय ६० रुपैंया र’हेको थियो ।
यो पनि पढ्नुहोस्: काठमाडौँ उपत्य’का खानेपानी लिमिटेड (केयुकेएल)ले पानी वितरणका क्रममा समस्या देखिएका स्थानमा तत्काल मर्मत गर्न थालेको छ । तत्काल समस्या समाधनका लागि समूह नै परिचा’लन गरेर लागिएको लिमि’टेडले जनाएको छ । अहिले पुरानो प्रणाली’मार्फत पानी वितरण भइरहेकाले विभिन्न स्थानमा चुहावट देखिरहेको लिमिटेडका प्रमुख कार्य’कारी निर्देशक मिलन शाक्यले बताउनुभयो ।
उहाँका अ’नुसार मर्मतका लागि सडक विभाग र महानगरपालिकाले चाँडो स्वीकृति दिँदा समस्या तत्काल समा’धान गर्न सकिनेछ । विभिन्न स्थानमा साना समस्या दे’खिरहेको भए पनि ठूला समस्या नभएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “बिहानदेखि साँझसम्म पानी वितरण गर्ने र रातमा मर्मत भइर’हेको छ ।”
लिमि’टेले अहिले दैनिक साढे आठ करोड लिटर पानी आइरहेकामा चक्रपथभित्र अधिकांश स्थानमा वि’तरण गरिरहेको छ । अहिले कतिपय घरमा राम्रोसँग पानी आएको त कुनै घरमा राम्रो नआएको भन्ने गुनासो आइरहेको प्रमुख का’र्यकारी अधिकृत शाक्यले बताउ’नुभयो ।
पानी नआए’को ठाउँमा कसरी सुधार गर्ने भनी लिमिटेडका कर्मचारीले हेरेर समाधान गरिरहेको उहाँले बता’उनुभयो । मेलम्ची खोलाबाट दैनिक १७ करोड लिटर पानी आउनेछ । अहिले सुन्दरीजलस्थित दुई प्रशोधन केन्द्रमध्ये एउटा केन्द्र_मार्फत साढे आठ करोड लिटर पानी ल्याइएको हो । अर्काे प्रशोधन केन्द्र परीक्षण गरेर सञ्चा’लन गर्दा उपत्यकामा दैनिक १७ करोड लिटर पानी आ’उनेछ ।
मेलम्ची खो’लाको पानी कीर्तिपुर, ठिमी र भक्तपुरमा पनि जाने लिमिटेडले जनाएको छ । कतिपय स्थानमा बाँकी संरच’ना निर्माण सकाएर र दैनिक १७ करोड लिटर पानी आएपछि ती स्थानमा पनि पानी जाने उहाँले बताउ’नुभयो । उहाँले भन्नुभयो, “बाँकी ठाउँमा पनि मेलम्ची खानेपानी विकास समितिले पानी सुन्दरी’जलमा झारेपछि हामी वितरण गर्न तयार छौँ ।”
लिमिटेडले अ’हिलेसम्म महाँकाल चौर, अनामनगर, मीनभवन, खुमलटार, पानीपोखरी, महाराजगञ्ज र बालाजु गरी सात पोखरीबाट पानी वितरण गरिरहेको छ । तीमध्ये खुम’लटारस्थित पोखरी मेलम्चीको पानी वितर’णका लागि अहिले निर्माण भएको हो । बाँकी छ पोखरी पहिलेबाट नै वितरण हुँदै आएका पोखरी हुन् । अहिलेसम्म लिमिटेडले पुरानो पोखरीबाट पुरानै पाइप प्र’णालीमा पानी वितरण गरिरहँदा आयोजना कार्या’न्वयन निर्देशनालयले नयाँ पोखरी र पाइप’लाइनको परीक्ष’णको काम गरिरहेको छ । न्युज24 बाट