व्यास गाउँपा’लिका– १ मा पर्ने छाङ्ग्रु (छाङ्गरू) गाउँ यतिखेर सुनसान छ । त्यहाँ ६० वर्षीय राइसिंह ऐतवाल गाउँभ’रिका एक्ला चौकीदारका रूपमा कार्यरत हुनुहुन्छ । तीन हजार २०० मिटर उचाइमा रहेको छाङ्ग्रु भारतसँग सीमा जो’डिएको गाउँ हो । यहाँ वर्षमा झण्डै चारदेखि छ फुटसम्म हिम’पात हुन्छ ।
अत्यधिक चिसो हुने गरेका का’रण यहाँका नागरिक छ महिना सदरमुकाम खलङ्गा र छ महिना व्यास उक्लिने गर्छन् । अहिले चिसो समय भएका कारण यहाँका नागरिक गत मङ्सिर महिनामा आफ्ना पशुचौपाया र लाला’बालासहित सदरमुकाम खल’ङ्गा झरेका छन् । तर ऐतवाल चिसोको समयमा पनि एक्लै गाउँको चौकी’दारी गर्दै बस्नुभयो ।
व्यासको छाङ्ग्रु&मा यसपटक चिसो माइनस १६ डिग्रीसम्म झर्यो तर चौकीदार ऐतवालले यो चिसोलाई सहजै छल्नुभयो । छाङ्ग्रुमा १२० घरधुरीको बसोबास छ । गाउँका सबै सदरमु’काम झरेपछि उहाँलाई वडा नं १ को कार्या’लयले चौकीदार राखेको हो । गाउँको निगरानी गर्ने, चोरी भए खबर गर्ने उहाँको जिम्मे’वारी हो । ऐतलाल भन्नुहुन्छ, “चोर, तस्करसँग लड्न त कहाँ सकिन्छ तर निग’रानी गर्छु । विगतमा भारतसँग खुला सीमा तथा तस्करी चल्ने समय हुँदा चौकीदार बस्नुपथ्र्यो । त्यो बेला गाउँमा आएर आग’लागी गरिदिने, धन सम्पत्ति चोरी’दिने खतरा हुन्थ्यो”, उहाँले भन्नुभयो, “तर अहिले त्यो अवस्था छैन ।”
दुई वर्षदेखि चौ’कीदार बस्दै आउनुभएका ऐत’वाललाई यसपटक सशस्त्र प्रहरी बल नेपाल नं ५० गुल्म र नेपाल प्रहरीसमेत छाङ्ग्रुमै बसेपछि सहज भयो । “विगतमा गाउँभरि एक्लै हुन्थेँ तर यस वर्ष पहिलोपटक सरकारले दुईवटा सुरक्षा निका’यलाई बाह्रैमास छाङ्ग्रुमै राखेपछि चौकीदारीमा सजिलो भयो”, उहाँले भन्नुभयो, “यस वर्ष विगतको भन्दा हिउँ पनि कम पर्यो । गाउँको वरिपरि दैनिक दुई-चारपटक फन्को लगाउँछु”, ऐतवा’लले दिनचर्या सुनाउनुभयो । उहाँका अनुसार पूरै गाउँ घुम्न १० मिनेट लाग्छ । बिहान, दिउँसो र रातिको स’मयमा सबैको घरघर पुगेर अव’स्था हेर्नुपर्छ ।
दिउँसो घाम लाग्छ । यस:पटक उहाँले आफ्ना पशुचौपाया पनि सँगै राख्नुभएको छ । पशुचौपायालाई जङ्गल पठाउनेदेखि खेत’बारीमा काम गरेर उहाँको समय बित्ने गर्छ । एक्लै बस्न डर लाग्दैन भन्ने प्रश्नमा ऐतवाल भन्नुहुन्छ, “यस्तो कैलाश भूमिमा के को डर ?” ऐतवाललाई वडा कार्या’लयले मासिक रु १० हजार दिने गरी चौकीदार राखेको हो । गाउँको सुरक्षा पनि हुने, रोजगारी पनि सिर्जना हुने भएपछि पाँच-छ महिनाका लागि चौकीदार राखिएको वडाध्यक्ष अशोकसिंह बोहरा बताउनुहुन्छ । हामीले पहिले पनि स्थानीय तह नहुँदा चौकीदार राख्थ्यौँ । व्यासका स्थानीयवासी वैशाख दोस्रो साता’देखि व्यासको छाङ्ग्रु र तिङ्कर उक्लिने त’यारीमा छन् ।
मानव’शून्य बस्ती तिङ्कर
चीनको सीमा नजिकैको दार्चु’लाको उत्तरी क्षेत्रको एउटा गाउँ यतिबेला मानवशून्य बस्ती छ । व्यास–१ तिङ्कर बस्ती अहिले मानवविहीन बनेको हो । गत मङ्सिर म’हिनामा यहाँका ६५ घरधुरी चिसो छल्न सदरमुकाम खलङ्गा औल झरेपछि यो बस्ती मान’वशून्य बनेको हो । आफ्नै भूमि जान घोरेटो बाटो छैन । भारतीय भूमि भएर जान पनि त्यति सहज छैन । कोभिडको जोखि’मका बेला यहाँका नागरिक भारतसँग समन्वय गरेर सीतापुल नाका भएर सदरमुकाम झरेका थिए ।
अहिले ति’ङ्करमा कोही छैनन् । सदरमुकाम खलङ्गाबाट नेपालकै भूमि भएर तिङ्कर पुग्नै पाँच दिन लाग्छ । छाङ्ग्रुबाट तिङ्कर जान आधा दिन लाग्छ । तिङ्करमा छ महिना सुरक्षाक’र्मीको उपस्थिति हुने गर्दछ । तिङ्क’रस्थित सीमा प्रहरी चौकी अहिले व्यासको छाङ्ग्रु झरेको छ । तिङ्करबाट नेपाल–चीन सीमा क्षेत्र पुग्न पाँचदेखि छ घण्टा लाग्छ । पिलर नं १ बाट सोझै झर्यो भने चीनको स्व’शासित क्षेत्र तिब्बत पुगिन्छ ।
तिङ्क’रमा बस्ने नेपाल प्रहरी छ महिना छायालेकमा बस्ने गर्छ । अहिले मानवशून्य रहेको तिङ्कर गाउँसम्म कहिले’काहीँ सशस्त्र प्रहरीले ‘एलआरपी’ गस्ती गर्ने गरेको सशस्त्र प्रहरी बल नेपाल नं ५० गुल्म छाङ्ग्रुले जनाएको छ । “सधैँ यस ठाउँसम्म पनि पुग्न सकिने अवस्था थिएन”, प्रहरी नायब उप’रीक्षक धीरेन्द्र शाहले भन्नुभयो, “हिउँ भएका कारण कहिलेकाहीँ वस्तु’स्थिति बुझ्न जाने गरेका छाँै ।”
स्वास्थ्य’चौकीमा ताला
व्यासको छाङ्ग्रुमा स्वास्थ्य’चौकी छ तर त्यहाँ बाह्रैमास स्वास्थ्यकर्मी र औषधि हुँदैनन् । गत कात्तिकमा सौका समुदायको कुञ्चासँगै स्वास्थ्यकर्मी खलङ्गा झरेका छन्क।यसपट’कसरकारले बाह्रैमास सशस्त्र प्रहरीको गुल्म र नेपाल प्रहरी छाङ्ग्रुमै राख्यो । “यद्यपि सामान्य बिरामी हुँदा पनि औषधोपचार गराउन स्वास्थ्य’चौकी छैन”, प्रहरी नायब उपरीक्षक शाह भन्नुहुन्छ, “यसपटक पाँच जना स्थानीयवासी पनि यही गाउँमा बसे । यस क्षेत्रमा पाँच-छ फिट हिउँ पर्छ । चिसो बेला आगो तापे’र भए पनि ड्युटी गर्नुपर्यो । चि’सोले झन् बिरामी हुने सम्भावना हुन्छ ।”
सशस्त्र प्रहरीले सुरक्षा’कर्मीको जाँचका लागि गाउँमै चिकित्सक ल्याएर शिविर आयोजना गर्यो । जवानका लागि आयोजना गरि’एको शिविरमा स्थानीय’वासीलाई समेत स्वास्थ्य परीक्षण र औषधि वितरण गरिएको शाहले बताउनुभयो । गाउँमा स्वास्थ्य संस्था प्रमुख नहुँदा सशस्त्र प्रहरीकै अहेवले औषधि दिने तथा बिरामी हेर्ने काम गर्छन् । सशस्त्र प्रहरी जवान अहेव किस’नसिंह साउदले गाउँले बिरामी हुँदा औषधो’पचार गर्ने गरेको प्रहरी नायब उपरीक्षक शाह बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “हामीले केही प्राथमिक उपचारका औ’षधि मात्रै बोकेका छौँ । त्यहीबाट स्थानीय’वासीलाई समेत वितरण गर्नुपर्छ ।” – रासस