जो अनुहार लु’काएर सडकमा नाच्छन् (भिडिओ हे’र्नुहोस्)

एकदिन उनी घरमा कसैलाई खबर नगरी झो’ला बोकेर हिँडे। झोलामा म्युजिक सि’स्टम थियो। दिमागमा धेरै कुरा खेलिरहेका थिए। चन्द्रागिरिमा गुडिरहेका अनेक सवारी साधनमध्ये काठमा_डौंको बस समाते। बसन्तपुर, कालभैरव अगाडि पुगेपछि भुइँमा रूमाल ओच्छ्याए। छेउमा म्युजिक सिस्टम राखे, अन गरे। संगीत घ’न्किन थाल्यो। अनि नाच्न थाले।

तीन घन्टासम्म लगा’तार उनी नाचिरहे। हेर्न आउने बटुवाले रूमालमा पैसा राखिदिए। त्यो नाचवापत् दुई हजार रूपैयाँ’जति कमाइ भयो।त्यो दिन मेरो दिमागमा अरू केही थिएन। नाचेर त्यहाँकै गरिबलाई भए पनि सहयोग गर्छु भन्ने थियो,’ केही महिना’अघिको घटना सम्झिँदै उनले भने, ‘प्रहरी प्रशासनले रोकोस् वा नगरपालिकाले, त्यो काम जसरी पनि गर्छु भन्ने होड थियो। त्य’सरी नै म सात-आठ पटक नाचेँ।’

उनी हुन् चन्द्रा’गिरिका २३ वर्षीय किसन रोका मगर। आफूलाई ‘सिल्भर रोबोपस’ भनेर चिनाउन चाहन्छन्। यो सा’ता पनि उनले दुई दिन लगातार बसन्तपुरमा नृत्य प्रस्तुत गरे। तर यसपालि उनले साउन्ड सिस्टम मात्र लिएर आएका थिएनन्। चाँ’दीजस्तै टल्किने लुगा, मास्क र टोपी बोकेका थिए। ती सामान उनी आफैंले बनाएका रहेछन्, घरमै भएका सामग्रीमा सि’ल्भर रङ पोतेर।

उनी त्य’हीँको प्रहरी प्रशासन हाता छिरे। सबै सामग्री अनुमति लिएर पहिरिए। अनि किसनबाट ‘सिल्भर रोबोपस’ बनेर उनी फुत्त बाहिर निस्किए।मान्छेहरू उनको नृत्य र हुलि’याले आकर्षित भए, किसनलाई घेरा हालेर हेर्न थाले। नजिकै उनले ब्यानर पनि राखेका थिए। अनुहार जलेकी जोरपाटीकी किशोरी पूजा कार्कीलाई सहयोग गर्न उनले रकम उठाउन खो’जेको उक्त ब्यानरले बताउँथ्यो।

सिल्भर रोबोपस बनेर गरेको रोबोट डान्स’बाट उनले दुई दिनमा १५ हजार ८ सय ८५ रूपैयाँ संकलन गरे। अनि मंगलबार कीर्तिपुरमा उप’चाररत पूजाका हातमा उक्त पैसा थमाए। त्यसपछि हामीसँग भेटेका उनले रोबोटको जस्तो मास्क नखोली भिडिओ कुराकानी गर्ने भए।

‘मैले जे ‘गरिरहेको छु, त्यो आफ्ना लागि होइन। अरूका लागि हो भने किन अनुहार चिनाइराख्नुपर्‍यो,’ उनी भन्छन्, ‘मान्छेले मेरो अनुहार याद नगरून्, बरू मैले जसलाई सहयोग ग’रिरहेको छु, उनीहरूको समस्या सम्झिऊन्।’

सुरूमा अ’नुहार देखाएर नाच्ने उनले मास्क लगाउन थालेको कारण पनि यही हो। आफ्नो अनुहार सबैले चिनून्, भाइ’रल बनौं भन्ने होडबाजीबाट उनी टाढै रहन चाहन्छन्। पछि नाचबाटै आफू परिचित भएछन् भने ‘मान्छे आकाशमा हुँदा पनि आफ्नो खुट्टा जमिनमा हुनुपर्छ’ भन्ने धारणा राखिरहन चा’हन्छन्।त्यसो त यसरी आत्मबल किसनले आफैंलाई पनि नदिएका होइनन्। सानैमा बुवा बितेपछिका आमाको दुःख उनले बुझेका छन्। १२ पढ्दै गरेकी बहिनीको भविष्य’बारे चिन्ता पनि छ।

आफैंले भने १२ पढेर छाडे’का उनी चन्द्रागिरिमै नृत्य कक्षा सञ्चालन गर्छन्। करिब पाँच वर्षअघि नाच सिकेका उनले दुई वर्षदेखि कक्षा चलाइरहेका हुन्। भन्छन्, ‘कोही पढेर गर्छन्, कोही परेर। मलाई सानो भए पनि आफ्नै मालिक हुन मन छ। त्यसैले अरूकहाँ काममा जोतिनुभन्दा आफ्नै हिसा’बमा काम गर्ने सोच छ।’

उनकी आमा सानेपा’स्थित चौधरी ग्रुपकी कर्मचारी हुन्। दिनमा चार-पाँच पटक फोनमा आमासँग कुरा हुने बताउँदै किसनले भने, ‘कहाँ के गरिरहेको छ भनेर आमालाई चिन्ता भइ’रहन्छ। नाचेर घरमा फर्किएपछि उहाँले तेल लगाएर खुट्टा मालिस गरिदिऊँ भन्दै सोध्नुहुन्छ। आफैं त दिनभर काम गरेर कति थाक्नु’हुँदो हो, पर्दैन भन्छु।’

दिन’मा करिब तीन–चार घन्टा ल’गातार नाचेर किसनको शरीर लखतरान भएकै हुन्छ। त्यसमाथि रात परिसकेपछि हतारहतार चन्द्रागिरिको बस समात्नुपर्छ। तर भो’लिपल्ट फेरि शरीर आफैं चंगा भइसक्ने बताउँदै भन्छन्, ‘बानी भइ’सक्यो नि त।’ सेतोपाटीबाट

प्रतिकृया दिनुहोस्