सिंगटी हाइड्रोको सेयर भोलि बाँ’डफाँड हुने

सिंगटी हाइड्रो इन’र्जीका आइपिओ भोलि (शुक्रबार २७) बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक मेगा क्यापि’टलको आफ्नै कार्यालयमा आइपिओ बाँडफाँड हुनेछ । सिंगटी हाइड्रोको आइपिओमा मागभन्दा बढी आवे’दन परेको छ । १६ लाख ३५ हजार ५३७ जनाले २ करोड ४६ लाख ६५ हजार ६४० कित्ताका लागि आ’वेदन परेको बिक्री प्रबन्धक मेगा क्यापिटलले जनाएको छ ।

कुल २९ लाख कित्ता आइपिओ निष्का’सन गरेको थियो । यसमध्ये ५८ हजार कित्ता कर्मचारी र १ लाख ४५ हजार कित्ता म्युचुअल फन्डहरुलाई छुट्या’एर बाँकी २६ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरिएको थियो । मागभन्दा अत्य’धिक बढी आवेदन परेपछि पौने १४ लाख आवेदकको हात खाली भएको छ । सर्वसाधारणलाई खुलाएको २६ लाख ९४ हजार कित्तालाई आ’धार मान्दा २ लाख ६४ हजार जना आवेदकले १० कित्ताका दरले सेयर हात पार्नेछन । सिंगटीले चैत ६ गतेबाट १० गतेसम्म १०० रुपैयाँ दरको आइपिओ निष्काशन गरे’को थियो ।

यो पनि पढ्नुहोस्: केपी शर्मा ओली नेतृत्वको सर’कारमा रहेका माओवादी केन्द्र’का चार जनाको सांसदको पद गुमेको छ । माओवादी केन्द्रले बुधबार संसद सचिवालयमा दल त्यागको सूचना दिएपछि बिहीबारको प्रतिनिधिसभा बैठकमा स’भामुख अग्निप्रसाद सापकोटाले पढेर सुनाएका थिए ।

सांसद पद गु’माउनेमा मन्त्रीहरु लेखराज भट्ट, प्रभु साह, टोपबहादुर रायमाझी र गौरीशंकर चौधरी रहेका छन् । प्रतिनिधि सभा बैठकअघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा मा’ओवादी केन्द्रले मन्त्रीहरु लेखराज भट्ट, प्रभु साह, टोपबहादुर रायमाझी र गौरीशंकर चौधरीलाई पार्टीबाट हटाए’को जानकारी गराएको थियो । उनीहरु २०७४ सालको चुनावमा माओवादी केन्द्रबाट निर्वाचित भएका थिए । पछिल्लो पटक उनीहरु नेकपा ए’मालेमा प्रवेश गरेका थिए ।

नेकपा मा’ओवादी केन्द्रका संसदीय दलका नेता देव गुरुङले संघीय संसद सचिवालयमा पार्टीको कार्यकारी स’मितिको बैठकको निर्णय समावेश गरी आफ्नो दलका ४ प्रत्यक्ष निर्वाचित सांसदहरु टोपबहादुर रायमाझी, प्रभू शाह, लेखराज भट्ट र गौरीशंकर चौधरीले अन्य दलको गतिविधिमा संलग्न भएको सू’चना दिएका थिए ।

सभामुख साप’कोटाले अर्को दलको केन्द्रीय कमिटी सदस्य पद स्वीकार गरी दल त्याग गरेको देखिएकोले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३४ को उपदफा १ बमोजिम दल त्याग गरेको सूचना दिएकोले ती ४ सांसदको पद रिक्त भएको राज’नीतिक दलसम्बन्धी दफा ३५ को उपदफा १ बमो’जिम र प्रतिनिधिसभा नियमावली २०७५ को नियम २१२ को उपनियम १ बमोजिम पद रिक्त भएको सभा’लाई जानकारी गराएका हुन् । रातोपाटीबाट

प्रतिकृया दिनुहोस्