म्याग्दीको ज्याम’रुककोटका किसान केरा र तरकारी खेतीतर्फ आकर्षित भएका छन् । अन्य बाली निर्वाह’मुखीमात्र भएपछि बेनी नगरपालिका–२ ज्याम’रुककोटका किसान केरा र तरकारी खेतीतर्फ आकर्षित भएका हुन् ।धान, मकै, गहुँलगायतका अन्नबाली उत्पादन हुने जग्गामा बेनी नगरपालिका– २ ज्यामरु’ककोटको खबरा र बगरफाँटका तीन दर्जन भन्दा बढी किसानले अन्नबाली हुने जमीन केरा र तरकारी उत्पा’दनमा उपयोग गर्न थालेका छन ।
खबराका किसान चन्द्रब’हादुर कार्कीले केरा र तरकारी खेती शुरु गरेपछि वार्षिक रु १२ लाखसम्म आम्दानी गर्न थालेको बता’उनुभयो । अन्नबालीको तुलनामा केरा र तरकारी खेतीबाट तीन गुना बढी फाइदा हुने कार्कीको भनाइ छ । उहाँले करीब चार रोपनी क्षेत्रफलमा २०० बोट केरा लगा’उनुभएको छ भने पाँच रोपनी जग्गामा तरकारीखेती गर्नुभएको छ । बजारमा तरकारी र केराको माग उच्च रहेकाले आफ्नो उत्पा’दनले राम्रो बजार पाएको उ’हाँको भनाइ छ ।
खब’राकै अर्का किसान शोभित शर्मा (सापकोटा) ले पनि आठ रोपनी जग्गामा तरकारी र केरा’खेती गर्नुभएको छ । केरा र तरकारी बेचेर वार्षिक रु आठ लाख भन्दा बढी कमाइ गर्दै आउ’नुभएका शर्माले गत वर्षदेखि विभिन्न प्रजातिका फलफूल समेत लगाउनुभएको छ । आठ वर्षदेखि तरकारी खेती शुरु गर्नुभएका साप’कोटाले यस वर्ष केराका सय बोट थपेर ७०० बोट केरा लगाउने यो’जना बनाउनुभएको छ ।
“राम्रो स्याहार सं’रक्षण गरेपछि एक घरी केराबाट तीन हजारसम्म कमाइ गर्न सकिन्छ”, किसान शर्माले भन्नुभयो ।बगरफाँट’का खिमबहादुर कार्की, दुर्गाबहादुर थापा, बेदप्रसाद उपाध्यायलगायतका किसानले पनि धान फल्ने खेतमा केरा खेती गर्नुभ’एको छ । यहाँका किसानले ५० मुरी धान उत्पादन हुने खेतभरि अहिले केरा र तरकारी खेती लगाएर हरियाली बनाएका छन् । केरा बाली’भित्र घुसुवा बाली (अदुवा,बेसार) समेत लगाएर य’हाँका किसानले दोहोरा आम्दानी गरिरहे’का कृषि प्राविधिकले बताएका छन् । ओएस नेपालबाट