काठमाडौँ- नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । सार्वजनिक विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ९९ पैसा र बिक्रीदर ११९ रुपैयाँ ५९ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १६४ रुपैयाँ ५२ पैसा र बिक्रीदर १६५ रुपैयाँ ३५ पैसा रहेको छ ।यसैगरी युरो एकको खरिददर १४१ रुपैयाँ ५० पैसा र बिक्रीदर १४२ रुपैयाँ २० पैसा रहेको छ ।
कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ६७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ७३ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ८९ पैसा तोकिएको छ ।त्यस्तै जापानी यनको खरिददर १० रुपैयाँ ६० पैसा तोकिएको छ भने बिक्रिदर १० रुपैया ६६ पैसा तोकिएको छ ।
एक मलेसिया रिंगिटको खरिददर २८ रुपैयाँ ८० पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ९५ पैसा तोकिएको छ । त्यस्तै एक कुवेती दिनारको खरिददर ३ सय ९४ रुपैयाँ २२ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ९६ रुपैयाँ २० पैसा तोकिएको छ । त्यस्तै कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ६४ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ६९ पैसा तोकिएको छ ।