फोर्ब्सको अर्बपति सूचीमा विनोद चौधरीकाे स्थान ख’स्कियो

फोर्ब्सले सार्व:जनिक गरेको धानाढ्यहरूको ४५औं वार्षि’क सूची अनुसार चौधरी २१४१ स्थानमा छन्। अघिल्लो वर्ष उनी १५१३ स्थानमा थिए । दुई वर्ष लगातार उनको वार्षिक सम्प_त्ति १.४ अर्ब अमेरिकी डलर छ। सन् २०१९ मा उनको सम्पत्ति बढेर १.७ अर्ब डलर पुगेको थियो। सन् २०१७ बाट उनको स’म्पत्ति बढ्न थालेको थियो। तर दुई वर्षयता उनको अर्बपति सूचीमा स्थान खस्किदो छ।

विश्वव्यापी महा’मारी कोभिड-१९ ले उनको सम्पत्तिमा उल्लेख्य वृद्धि हुननसक्दा उनको स्थान यो पटक खस्कि’एको हो। फोर्ब्सको सूचीमा प्रवेश हुँदला उनको सम्पतति एक अर्ब अमेरिकी डलर थियो। सन् २०१५ सम्ममा उ’नले आफ्नो सम्पत्ति १.३ अर्ब पुर्‍याइसकेका थिए। तर भुकम्प र नाकाबन्दीले सन् २०१६ मा उनको सम्पत्ति घटेर १.१ अर्ब डलरमा पुग्यो। तर, त्यसपछिका वर्षहरूमा उनले सम्पत्ति ब’ढाउँदै लगे।

६५ वर्षे चौधरी सिजी कर्प ग्लोब’लका सञ्‍चालक हुन् । नेपालमा उनको नबिल बैंक र सिजी फुडमा ठूलो लगानी छ। चौधरीले सन् २०१३ मा पहि’लोपटक फोर्ब्सको विश्वका अर्बपति’हरूको सूचीमा प्रवेश गरेका थिए।

यो पनि: बोहरालाई माओ’वादी केन्द्र परित्याग गरेको हो भने पार्टीबाट किन निष्कासन नगर्ने भन्दै २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न भनिएको छ। माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटिका सचिव नेपबहादुर चौधरीले बुधबार बोहरालाई स्पष्टीकरण पेश गर्न पत्र’मार्फत निर्देशन दिएका हुन्।

‘नेकपा माओ’वादी केन्द्र र नेकपा एमाले पार्टी पूर्ववत् अवस्थामै रहने भएपछि पनि तपाईंको राजनीतिक क्रियाकलाप नेकपा एमाले पार्टीमा देखिएको र नेकपा एमालेको केन्द्रीय समिति सदस्य’समेत नियुक्ति भएको देखिन आएकाले राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ३१ को उपदफा (१ ), (२) बमोजिम कार्य गर्नु भएको तथा उक्त ऐनको दफा ३२ को उपदफा १ (ख) बमोजि’मको कार्य समेत गरेको बुझिन आएकोले तपाईले पार्टी परित्याग गर्नु भएको हो भने तपाईंलाई किन पार्टी सदस्यबाट निष्कासन नगर्ने?,’ पत्रमा भनिएको छ।

बोहरा अछा’मको निर्वाचन क्षेत्र नम्बर १ (ख) बाट २०७४ को निर्वाचनमा प्रदेशसभामा निर्वाचित भएका थिए। उनी माओवादीमा रहँदा केन्द्रीय सललाहकार समि’ति सदस्य थिए। सेतोपाटीबाट

प्रतिकृया दिनुहोस्