नेपाल टेलिक’मका विभिन्न सेवाका बारेमा जानकारी लिन तथा गुनासाहरू राख्नका लागि विभिन्न नम्बरहरु प्रयोग गर्न स’किन्छ । हाल कम्पनीले उपलब्ध गरा’इरहेको १९१, १९७, १९८ र १४९८ नम्बरहरु कम्पनीद्वारा प्रदत्त विभिन्न सेवाहरुको बारेमा बुझ्न र गुनासा टिपाउन धेरै नै उपयोगी बनेका छन् । सोधपुछ तथा गुनासा व्यवस्था’पनका लागि प्रयोग गरिएका यी नम्बरहरु ग्राहककै सह’जताका लागि निःशुल्क गरिएका छन् ।
१९१ ग्राहक से’वाहरु
जीएसएम, सीडीएमए र वाइ’म्याक्स सेवाको बारेमा जानकारी लिनका लागि १९१ नम्बरमा कल गर्न सकिन्छ । १९१ नम्बरमा कल गरेपछि प्राप्त निर्देशन अनुसार जीए’सएमको लागि अंक १, सीडीएमएको लागि अंक २ र वाइम्याक्सका लागि अंक ३ थिच्नुपर्छ । त्यसपछि सम्ब’न्धित सेवाका बारेमा जिज्ञा’सा राख्न र गुनासो टिपाउन सकिन्छ ।
१९७ ग्रा’हक सेवाहरु
नेपाल टेलिकमको ल्यान्ड’लाइन अर्थात स्थानीय टेलिफोनको नम्बर थाहा पाउनका लागि १९७ नम्बरमा मोबाइल वा कुनैपनि टेलि’फोन नम्बरबाट कल गर्न सकिन्छ । त्यसपछि अपरेटरले ग्राहकले खोजेको व्यक्ति वा संस्थाको टेलिफोन नम्बर टेलिफोनबाटै उप’लब्ध गराउँछ । हाल आफूलाई चाहि’एको व्यक्ति वा संस्थाको ल्यान्डलाइन नम्बर कम्पनीको वेबसाइटमा उपलब्ध लिंक https://ntc.net.np/fixed-line-enquiry मा गएर पनि खोज्न सकिन्छ । व्यक्तिगत ग्रा’हकको हकमा व्यक्तिको नामका साथै ठेगाना र जिल्ला लेखेर नम्बर पत्ता लगा_उन सकिन्छ भने संस्थागत ग्राहकको हकमा कम्पनीको नाम, ठेगाना र जिल्ला अनुसार टेलि’फोन नम्बर खोज्न सकिन्छ ।
१९८ ग्राहक से’वाहरु
नेपाल टेलिकमका सेवाहरुको बारेमा गुनासो टिपाउनका लागि १९८ नम्बरमा डाय’ल गर्न सकिन्छ । नेपाल टेलिकमले सञ्चालन गरिरहेको तारवाला स्थानीय टेलिफोन, एडीएसएल, भिस्याट टेलि’फोन, फाइबर टु द होम (एफटीटीएच) र लिज लाइन मर्मतका लागि यसको प्रयोग गर्न स’किन्छ ।
१९८ नम्बरमा कल गरेपछि स्वचालित सिस्टमबाट प्राप्त निर्देशन अनुसार टेलिफोन गुना’सोको लागि अंक १, एडीएसएल गुनासोको लागि अंक २, भिस्याट गुनासोको लागि अंक ३, एफ’टीटीएच गुनासोको लागि अंक ४ र लिज लाइन गुनासोको लागि अंक ५ थिच्नुपर्छ । त्यसपछि दिइएको निर्देशन अ’नुसार मर्मत गर्नुपर्ने नम्बर उपलब्ध गराएपछि कम्पनीको तर्फबाट मर्मत कार्यको प्र’क्रिया अगाडि बढ्छ ।
१४९८ ग्राहक सेवा’हरु
मोबाइल र वाइम्याक्स सेवाको बारेमा जान’कारी लिनका लागि १४९८ मा फोन गर्न सकिन्छ । मोबाइल तथा वाइम्याक्स सेवा सम्बन्धी कुनै जिज्ञासा वा गुना’सो मात्र नभई सेवा प्रयोगका बारेमा कुनै जानकारी प्राप्त गर्नुपरेमा पनि यस नम्ब’रमा कल गर्न सकिन्छ ।
यसका अलावा नेपाल टेलिकमको कम्प’नीको वेबसाइट, नेपाल टेलिकम एप, कम्पनीको फेसबुक, ट्विटरलगायतका विभिन्न सामाजिक सञ्जालहरुबाट पनि कम्पनीका सेवाहरुका बारेमा आवश्यक जानकारी प्राप्त गर्न सकिने टे’लिकमले जनाए’को छ । रातोपाटीबाट