गोरखा भ’च्चेकमा जन्मिएकी ठूलीमाया तामाङ (४०) लाई सानैदेखि दुःखले छोडेन । पढ्न नपाएपनि व्यव’हारिक सीपलाई प्रयोग गर्दै उनले आफ्ना दुःख घटाउँदै गइन् । ठेलामा व्यापार थालेयता ठू’लीमायाले धेरथोर सम्पत्ती जोडिन् । तीन छोराको राम्रैसँग लाल’नपालन गरिन् ।
हाल तनहुँको ऐना पा’र्कको डरलाग्दो भीरमुनी उनले ठेलामा पसल राखेकी छन् । पुसको यो कठ्याङ्ग्रिदो जाडोमा ठूली’मायाले राजमार्गमा ओहोरदोहोर गर्ने यात्रुलाई चिया, खाजा बेच्छिन् । रमणीय ठाउँ भएकाले धेरै मानिस ऐना पार्कमा रो’क्किन्छन् । मोटरसाइकल, गाडी रोकेर यात्रुहरु नजिकैको झरना अ’वलोकन गर्दै खाजा खाइ आफ्नो गन्तब्यतिर लाग्छन् ।
ठूली’मायाले चिया, चाउमिन, आलु चप, पानीपुरी, चटपट, चाउचाउ लगायतका खाद्य सा’मग्री बेच्छिन् । ‘पसल राखेको सुरुको दिन त १० हजार जतिको व्यापार भयो, त्यसपछि यहाँ चल्ने’रैछ भन्ने लागेर सधैं ठेला लिएर आउन थालें’, उनले भनिन् । डरलाग्दो चट्टानी भीरमुनी पसल चलाउने ठूली’मायासँग हामीले कुरा’कानी गरेका छौं । ओएस नेपालबाट
बाँकी भिडियोमा हेर्नुहोस्: