भारतको आन्ध्र’प्रदेशस्थित एक विद्यालयमा दुईजना किशोरा’वस्थाका विद्यार्थीहरुले एक आपसमा बिहे गरेको भिडियो भाइरल बनेपछि त्यसले ठूलो तहल्का मच्चा’एको छ ।
आन्ध्रप्रदेशको पूर्वी गोदाबरी जिल्ला’स्थित राजामहेन्द्रवरममा रहेको एक जुनियर कलेजमा कक्षाकोठाभित्रै एकजना किशोर तथा अर्की किशोरी विद्यार्थीले आप’समा बिहे गरेका हुन् ।
उक्त घटनाका सम्ब’न्धमा प्रहरीले बाल विवाह निषेध ऐन बमोजिम जाहेरी दर्ता गरेको भारतीय पत्रिका द हिन्दुले जनाएको छ । कक्षाकोठाभित्रै बिहे समारोह भएको भिडियो सामाजिक सञ्जा’लमा भाइरल बनेसँगै स्थानीय प्रहरीको ध्या’नाकर्षण भएको थियो ।
अधिका’रीहरुका अनुसार नाबालिक उमेरका विद्यार्थीबीच कक्षाकोठामा भएकोे बिहे अवैध भएको हुँदा रद्द गरि’एको छ र केटाकेटी दुबैजनालाई मनोपरामर्श दिइएको छ । किशोरीलाई आन्ध्रप्रदेश महिला आयोगले संर’क्षण गृहमा राख्ने भएको छ ।
कक्षा’कोठाभित्र दुई विद्यार्थीको बिहे कसले गराएको हो भन्ने विषयमा प्रहरीले अनुसन्धान जारी राखेको छ । प्रवि’णता प्रमाणपत्र तहमा अध्ययनरत ती किशोर–कि’शोरीहरु एकै कक्षाका सहपाठी हुन् ।
भि’डियोमा देखाइए अनुसार १७ वर्ष उमेरका किशोरले आफूले ल्याएको मंगलसुत्र कक्षाकोठामै ती किशोरीलाई पहि’राइदिए । पछि उनले किशोरीलाई सिन्दुर लगाइदिए र बिहे सम्पन्न भयो । त्यससँगै उक्त जोडीले केही युगल तस्वी’र पनि खिच्यो । कक्षाकोठाभित्रको उक्त बिहेको भिडियो उनीहरुकै सहपाठी एक अर्की किशो’रीले खिचेकी हुन् ।
घट’ना सार्वजनिक भएसँगै विद्यालय व्यवस्थापनले बिहे गर्ने ती किशोर–किशोरीलाई निष्का_सन गरेको छ । उक्त घटनापछि किशोरीलाई उनीहरुका बुवा–आमाले घरमा छिर्न दिएनन् । जसका कारण उनलाई एक स्थानीय मनोपरामर्शदातृ संस्थामा लगियो । केटाका अभिभा’वकसँग पनि कुरा गरेर उसलाई मनो’परामर्श दिइयो ।
प्रहरीले उक्त घ_टनाका सम्बन्धमा जाहेरी दर्ता गरी अनुसन्धान अगाडि बढाएको छ । प्रहरीले बिहे गरेको भनिएका किशोर–कि’शोरी तथा उनीहरुका अभिभावकका साथै विद्यालय प्रशासनको समेत ब’यान लिने छ । अनुसन्धानका क्र’ममा दो’षी पाइएकाहरुलाई का’रवाही गरिने प्रहरीले जनाएको छ । इताजा खबरबाट