कलाकारको फेसबुक ह्या’क गरेको आ’रोपमा १४ वर्षका किशोर प’क्राउ

निर्देशक तथा हास्य’कलाकार दीपाश्री निरौला, अभिनेता सरोज खनाल लगायतका कलाकारहरुको फेसबुक ह्या’क गरेको आ’रोपमा प्रहरीले एक जनालाई प’क्राउ गरेको छ । नेपाल प्रहरीको साइबर ब्युरोले पर्सा बहुदजरमाई नगरपालिका-५ बस्ने १४ वर्षीय बालकलाई पक्रा’उ गरेको हो ।

दीपाश्री लगायतले फेसबुक ह्या’क गरेर विभिन्न व्यक्तिसँग पैसा मागेको भन्दै प्रहरीमा उ’जुरी दिएका थिए । जाहेरीपछि प्रहरी फेसबुक ह्या’क गर्ने व्यक्तिको खोजीमा ख’टिएको थियो । १४ वर्षीय बालकलाई पर्साबाट पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले जा’नकारी दिए ।

जिल्ला अ’दालत काठमाडौंको पक्राउ अनुम’तिपछि जिल्ला प्रहरी कार्यालय पर्साको सहयोगमा उनी प’क्राउ परेका हुन् । अहिले उनलाई अनुसन्धानका लागि टेकुमा रा’खिएको छ । गीतकार तथा रंग पत्रकार दयाराम पाण्डे हुँदै दीपाश्री निरौला, सरोज खनाल लगायतको फेसबुक ह्या’क भएको थियो ।

प’क्राउ परेका उनीमाथि पर्सा प्रहरी कार्यालयले थप अनुसन्धान सुरु गरेको छ । यसअघि क’लाकार सरोज खनाल, दीपाश्री निरौला लगायतका फेसबुक एकाउण्ट ह्या’क भएको थियो । उनीहरुको फेसबुक ह्या’क भएपछि अनुसन्धान सुरु भएको थियो । इताजा खबरबाट

प्रतिकृया दिनुहोस्