(फाईल तस्बिर) रोजगारीको सिल’सिलामा दक्षिण कोरियामा पुगेर अवैधा’निक रुपमा बसोबास गरेका दुई म्याग्देली’को उपचार क्रममा मृ’त्यु भएपछि श’व अस्पतालमै अड्कि’एको छ।
लामो समयसम्म परिवारको सम्पर्कमा समेत नभएका अन्नपूर्ण गाउँपालिका–५ शिख स्वाँतका डम्बर’बहादुर गर्बुजा र रघुगंगा गाउँपालिका–६ कोटगाउँका जसबहादुर पुनको उप’चार क्र’ममा मृ’त्यु भएको हो। श’व अस्पताल’मा रहेको मोना दक्षिण कोरि’याका अध्यक्ष सुनेश खत्री क्षत्रीले जानकारी दिए ।
मृतक गर्बुजाको परिवारले श’व नेपालमा पठाउन अनुरोध गरे पनि पुनको श’व कोरियामै अन्त्येष्टि गरिने भएको छ।
गर्बुजा र पुन कोरिया गएको दुई वर्षपछि परिवारको सम्पर्कमा थिएनन्। गर्बुजाको शव छनान युनिभर्सिटीको अस्पतालमा छ भने पुनको थेजनस्थित चुङनाम नेसनल युनिभर्सिटी हस्पिटलमा छ ।
श’व कोरियामै अन्त्येष्टि गर्न परिवारको स्वीकृति’का साथै वडाबाट नाता प्रमाणित सहितको कागजात चाहिने जनाइएको छ। यो खबर कोरिया पाटीमा छ ।
यो पनि… उडान खुलेपनी तत्काल नेपाली श्रमिक कोरिया जान नपाउने
सरकारले दक्षिण कोरियासहितका के’ही देशमा नियमित उडान सुरु गर्ने निर्णय गरे पनि रोज’गारी भने सुचारु नहुने भएको छ। दक्षिण कोरियामा पुनः कोरोना संक्रमितको संख्या बढ्दै गएपछि कोरि’याले तत्काल श्रमिक नलैजाने निर्णय गरेको हो।
ईपीएस को’रिया शाखा नेपालसँ’गको छलफलमा एचआरडी कोरियाले दक्षिण कोरिया अहिले पर्ख र हेरको अवस्था’मा रहेको बताएको छ। नेपालले दुई महिना पहिले नै नेपा’ली श्रमिक लैजाने विषयमा औपचा’रिक धारणा माग गरेपनि कोरियाले औपचारिक रुपमा भने नेपाललाई कुनैपनि जानकारी दिएको छैन।
नेपालले श्रमिक लैजाने प्रक्रि’या सुरु गर्न माग गर्दै त्यसको माध्य’म कस्तो हुने भनेर परराष्ट्र मन्त्रा’लयमार्फत् पत्रा’चार गरेको छ। कोरोना संक्रमणको जोखिमसँगै अन्तर्राष्ट्रिय उडान बन्द भएपछि दक्षिण कोरि’यामा नेपाली श्रमिक जान पाएका छैनन्।
करिव ३ हजार श्रमिक प्र’क्रिया पुरा भएर पनि कोरिया जान नपाएको ईपीएस शाखा’का निर्देशक इन्द्र गौत’मले बताए। तीन महिने भिसा जारी भइसकेका करिव ८ सय श्रमिकको भिसाको म्याद समेत सकिएको छ। अरु एक हजार जनाको भिसा प्रक्रिया भइस’केको छ।
तर पनि कोरि’याले श्रमिक लिने औप’चारिक निर्णय नगर्दा उनीहरुको रोजगारी अनिश्चित बनेको छ। एचआरडीका प्रतिनिधिले नेपाली श्रमिक नलैजाने निर्णय नगरिएको तर अहि’लेको अवस्थामा तत्कालै निर्णय गर्न नसकिने बताएका छन्।
यसअघि कोरि’याले चार्टर्ड उडान’मार्फत् श्रमिक नलिने निर्णय गरेको छ। तर संक्रमणको जोखिम बढ्दै जाँदा नियमित फ्लाइटमा जानेलाई पनि उसले त्यहाँ रि’सिभ नगर्ने भएको छ। दक्षिण को’रियामा कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेपछि देशव्यापी निशे’धाज्ञा जारी गरिएको छ।
सरकारले भेला हुन, रात्रि’कालीन गतिविधि, चर्च, खेलकुद तथा अन्य भिड’भाड हुने ठाउँहरुका गतिविधिमा रोक लगाए’को छ। कोरोनाका कारण यहाँ लाखौं श्रमिकले रोजगारी गुमाएका छन्। त्योसँगै नेपाली श्रमिक पनि प्रभावित भएका हुन्। यहाँ करिव ४० हजार नेपाली श्रमि’क कार्यरत छन्। – कान्तिपुर प्रेस