नेपाली बजा’रमा सोमबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अ’नुसार आइतबार तोलामा ८७ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार रु २०० घटेर तोलामा ८७ हजार २०० रुपैयाँमा का’रोबार भएको हो ।
यस्तै ते’जाबी सुन तोलामा ८६ हजार ७५० रुपैयाँमा कारोबार भएको छ । यस्तै सोमबार चाँदीको मूल्य पनि सामान्य गि’रावट आएको छ । आइतबार तोलामा १२४० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार १२३५ रुपैयाँमा का’रोबार भएको महासंघले जनाएको छ ।
यो पनि: सरकार निर्मा’णको ‘किङमेकर’ भूमिकामा रहेको जनता समाजवादी पार्टी (जसपा) का नेता राजकिशोर यादवले प्रधानमन्त्री कसलाई बनाउने भन्ने विषयमा आफ्नो पार्टीभित्र विवाद नरहेको बताएका छन् । जसपा’बाट प्रधानमन्त्रीका लागि अध्यक्ष महन्थ ठाकुर र सङ्घीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराई दुईजनाको नाम चर्चामा आए पनि पार्टीले सहमतिका आधारमा एकै’जनाको नाम दिन सक्ने यादवले दाबी गरे । यादवले रातोपाटीसँग भने, ‘जसपाले एउटा नाममा सहमति गर्छ । विवाद हुँदैन, हामीले पायौँ भने सहमतिमै व्यक्ति अ’गाडि सार्छौं।’
जसपा नेता याद’वसँग पछिल्लो सत्ता समीकरणमाथि केन्द्रित रहेर रातोपाटीले गरेको कुराकानीको सम्पा’दित अंश–के जनता समाजवादी पार्टी ( जसपा) ले प्रधानमन्त्रीमा दाबी गरेको हो ?दाबी भन्दा पनि पहिलो कुरा त विभिन्न विकल्पहरुमध्ये यो पनि एउटा विकल्प हुन सक्छ । सरकारको जहाँ’सम्म सवाल छ, अहिलेको वर्तमान सरकार बहुमतको सरकार हो । राजनीतिक रुपले प्रचण्डको नेतृत्वमा रहेको माओवादीले विरोध गरे पनि कानुनी र संवैधानिक रुपले सरका’रसँगै छ । र, यो सरकार बहु’मतको सरकार हो ।
अर्को कुरा, नेपाली काँग्रे’सले निर्णय गरेर प्रधानमन्त्री ओलीको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा सरकार बनाउने भनेको छ । फेरि नेपाली काँग्रेसले हामीसँग त्यो अनु’रुपको कुनै संवाद गरेको छैन । उहाँहरुले आफै निर्णय गर्नुभयो तर त्यो निर्णय अनुसार अगाडि बढे’को देखिँदैन ।
त्यसैले जस’पाले प्रथमतः हामीसँग जुन दायित्वहरु छन्, आन्दोलनले उठान गरेका मुद्दाहरु छन्, यसमा एउटा सा’झा दृष्टिकोण बन्यो भने हामी सोच्न सक्छौँ । संविधानलाई हेर्ने दृष्टिकोण स्पष्ट हुनुपर्यो । आन्दोलनका जुन घट’नाहरु भएका छन्, त्यसलाई कसरी निवारण गर्न सकिन्छ, त्यसका बारेमा एउटा साझा दृष्टि’कोण बन्नुपर्;यो ।
यो संसदीय राज’नीतिमा त गणितले काम गर्छ । त्यसैले विभिन्न विकल्पहरुमध्ये अहिले जसपाको नेतृत्व पनि एउटा वि’कल्प हुन सक्छ । यही आधारमा हामीले यो विकल्प दिएको हो । यसको मतलब हामी यो भएन भने राजनी’तिक प्रक्रियामै गतिरोध पुर्याउने हाम्रो सोचाइ होइन । विभिन्न विकल्पहरुमध्ये अब गठबन्धनको सरकार बन्ने हो भने यो गठबन्धनको नेतृत्व जसपालाई दिँदा मलाई लाग्छ एउटा सह’कार्यको वातावरण बन्छ र एकले अर्काको अस्तित्व स्वी’कारेको पनि सन्देश जान्छ ।
तपाईंले ‘गठब’न्धनको सरकार’ भन्नुभयो, गठबन्धन त दुईवटा बन्न सक्छन् । एमाले–जसपा गठबन्धन भन्न खोज्नु’भएको हो कि काँग्रेस–माओवादी–जसपा गठ’बन्धन ? कुन गठबन्धनको सम्भावना बढी छ ?
पहिले माओ’वादी केन्द्रले आफ्नो स्थिति क्लियर गरिसकेपछि मात्रै एमालेले गठबन्धनका लागि प्र’यास गर्ने हो या सहयोग माग्ने हो । माओवादीले सरकारलाई समर्थन गरिरहेको हुनाले अहिलेसम्म उसले (एमालेले) हामीसँग सहयोग मा’गेको छैन ।
प्रधानमन्त्री ओ’लीले महन्थ ठाकुरहरुसँग छलफल त गरिराख्नुभएको छ नि हैन र ? त्यो छलफल सरकारका लागि भएको होइन । हाम्रा मागहरुका बारेमा नेपाल सरकारसँग छ’लफल भएको हो । राज्यले गर्नुपर्ने जुन कामहरु छन् ती काम त अब सरकार जसको छ, उसँग संवाद त गर्नै पर्यो । त्यसैले तिनै मुद्दा’हरुमा अहिले कुराकानी अगाडि बढेको हो ।
त्यसो भए यहाँले ‘गठबन्धनको सरकार’ भनेर काँग्रेस–माओवादी–जसपा गठबन्धनकै कुरो गर्नुभए’को हो ? हैन, गठबन्धन त दुईवटै गठबन्धन हुन सक्छन् । केपी ओलीले जसपा अध्यक्ष महन्थ ठाकुरलाई प्रधा’नमन्त्री बनाउने प्रस्ताव गरेको चर्चा छ नि ? खासमा, भित्री कुरो के हो ? अहिलेसम्म औपचारिक हिसाबले जानकारी आएको छैन । मिडियाले आफ्नो खपत’का लागि मात्रै चर्चा गरेको हो ।
तपाईंहरु जस’पाले सरकारको नेतृत्व गर्न पाउनुपर्छ भन्दै हुनुहुन्छ तर प्रधानमन्त्रीका लागि महन्थ ठाकुर र डा. बाबुराम भट्टराई दुईजनाको नाम चर्चा आउ’नुको कारण के हो ? प्रधानमन्त्रीको नाममा पार्टीभित्रै किन सहमति बन्न नसकेको ? हैन, जसपाले एउटा नाममा सहमति गर्छ । हैन, यो त बाहिर चर्चामा आएको मात्र हो । प्रधानम’न्त्रीमा हाम्रो पनि दाबी छ है भनिराख्दा’खेरि दाबेदार को हो भन्ने त स्पष्ट हुनुपर्ला नि ?
हामीले फला’नालाई नै बनाऔँ भनेर हुने गणित हामीसँग छैन । गणित भइदिएको भए हामी फलानालाई बनाऔँ भन्ने थियौँ । यो त के हो भने अरु विकल्पहरु नहुँदा मात्रै हाम्रो’मा आउने हो । यसका लागि त गठबन्धनका सदस्यहरुले ल फलानालाई तपाईंहरुले अगाडि सार्नुभयो भने हाम्रा लागि प्रधा’नमन्त्री स्वीकार्य हुन्छ भनेको अवस्थामा हामी सहमतिको नाम अघि सार्छौं। जसपामा विवाद हुँदैन, हामीले पायौँ भने सहमतिमै व्यक्ति अगाडि सार्छौं । रातोपाटीबाट