काठमाडौं प्रह’रीले मुख्य चोकहरुमा कोरोना’भाइरस सम्बन्धी सचेतना कार्यक्रम शुरु गरेको छ । सोमबार जोरपाटी, महा’राजगञ्ज, नयाँ बानेश्वर र रत्नपार्क सहित १४ ठाउँमा डिएसपी नेतृत्वको टोलीले माइकिङ गरेर कोरो’नाबाट जोगिन सचेतना अपनाउन आ’ग्रह गरेको छ ।
प्रहरीले माइ’किङ गरेर मास्क, सेनिटाईजर र सामजिक दुरी कायम गर्न आग्रह गरेको छ । प्रहरीले का’ठमाडौंका चोकमा सचेतनामूलक अडियो पनि बजाएर कोरोना विरुद्ध सचेतना जगाएका छन् । गृह मन्त्रालयले सचेतना का’र्यक्रम गर्न देशभरका स्थानीय प्रशासनलाई निर्देशन दिएसँगै महानगरीय प्रहरी परिसर काठमाडौंले सो का’र्यक्रम गरेको हो ।
पहिलो चरण’मा सचेतना अभियान शुरु गरेको प्रहरीले दोस्रो चरणमा सार्वजनिक ठाउँमा मास्क नलगाई हिँड्ने’लाई एक सय रुपैयाँ जरिवाना गर्ने भएको छ । गौशाला चोकमा माइकिङ गर्दै महानगरीय प्रहरी वृत्त गौशा’लाका डिएसपी जितेन्द्र बस्नेतले भने, ‘अब, मास्क न’लगाई हिँडे ज’रिवाना गर्छौं ।’
पहिले सचेत गरा’एपछि जरिवाना गरिने काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले रातो’पाटीलाई बताए । ‘अहिले सचेतना गराएका छौं’, प्रजिअ पराजुलीले भने, ‘जनतालाई सचेत गराएपछि अनि, हामी जरि’वानामा जान्छौं ।’संक्रामक रोग ऐन–०२० अनुसार रोग फैलनबाट रोक्न सिडिओलाई जरि’वाना गर्ने अधिकार छ ।
यो पनि: इन्डियन प्रि’मियर लिग (आईपीएल) को १४ औँ सिजन आगामी अप्रिल ९* देखि शुरु हुँदैछ । यहाँ आईपीएलको त्यो रेकर्डको चर्चा गरिँदैछ जस’को बारे कुनै पनि ब्याट्सम्यानले बताउन चाहँदैन । यो रकेर्ड सबैभन्दा बढी शून्यमा आउट हुने खे’लाडीको बारेको हो । आईपी’एलमा हालसम्म १३ जना खेलाडी १० या सोभन्दा बढी पटक शून्यमा आउट भएका छन् । यो सूचीमा मात्र एक जना विदेशी खेलाडी छन्, ग्लेन म्या’सवेल ।
म्याक्सवेलले हा’लसम्म ८२ खेलमा १० पटक खाता नै नखोली आउट भएका छन् । म्याक्सवेलले दिल्ली डेय’रडेभिल्स, किंग्स इलेभेन पञ्जाब र मुम्बई इन्डियन्सबाट आईपीएल खेलेका छन् । १४ औँ सिजनका लागि विराट कोहलीको कप्ता’नीमा रहेको रोयल च्यालेन्जर्स बैंग्लुरुले उनलाई १४.२५ करोड भारतीय रुपैयाँमा ख’रिद गरेको छ ।
प्रतियो’गितामा चार खेलाडी सर्वाधिक १३ पटक शून्यमा आउट भएका छन् । यसमा रोहित शर्मा, हरभजन सिंह, पार्थिव पटेल र अजिंक्य रहाणे रहेका छन् । धेरै शून्यमा आउट हुनेमध्ये म्या’क्सवेल एक्ला खेलाडी हुन् जसले १ सय खेल’भन्दा कम खेलेका छन् । उनीबाहेक मनदीप सिंहले १०४ खेलेका छन् भने बाँकी खेलाडीले १३० खेलभन्दा बढी खे’लेका छन् । १३ खेलाडीको सूचीमा ९ जना ब्याट्सम्यान र ३ जना बलर हरभजन सिंह, पीयूष चावला र अमित मि’श्रा रहेका छन् । रातोपाटीबाट