२०३७ सालमा एकतप्पाबाट हरा’उनुअघि दुर्गाप्रसाद तिम्सिना भन्ने गर्थे, ‘अब जमिन जोडेर घर बनाउनुपर्छ, काम गर्न जान्छु, फ’र्किएपछि सुख हुन्छ ।’सोमबार इलामको माई नगरपालिका– १०, लुम्बाकमा भेटिंदा ८६ वर्षीया आमा धनमाया तिम्सिना ती पुराना कुरा सम्झि’इरहेकी थिइन् ।
‘त्यसबेला यही साइँलोको त भर थियो, तोरी बेच्न हिंडेको छोरो कहाँ हरायो, हरायो’, उनले अनलाइनखबरसँग भनिन् । आफन्त धीरेन्द्र’रमण शर्माका अनुसार २०२४ सालमा बुबा चम्पाखर बिते, बिफरको महामारीले एक महिनाभित्रै दुई छोरा र एक छोरीको ज्या’न गयो ।
क्षतिपूर्तिबाट थोरै रकम आए जीविकोपार्जनका लागि खर्च गर्ने र अलि धेरै पैसा आए दाइको अ’स्तित्व सधैं रहिरहने गरी उहाँ जस्तै बे’पत्ता भएका व्यक्ति खोज्ने ट्रष्ट खोलिदिने इच्छा’ छ – प्रकाशचन्द्र तिम्सिना, आफन्त
परिवारमा आइलागेको आपतबाट तंग्रि’न खोज्दै थिइन् । एक दिन धनमायालाई गाईले हातमा हान्यो, घाइते भइन् । स्थानीय एक वैद्यले जडीबुटी लगाइदिए । तर, धेरै समय जडीबुटी बाँ’धेपछि उनको हात नै चुँडियो ।
दाजुहरुको मृ’त्युपछि परिवार धान्ने जिम्मेवारी दुर्गाप्रसादको काँधमा आएको थियो । ‘बुबा खसेपछि घरमा दुःख भयो बाहिर जान्छु, कमाएर आउँछु भन्ने गरेको रहेछन्’ शर्माले सुनाए, ‘१९ वर्षको छँदा मंगलबारेमा तोरी बेचेर आएको पैसा बो’केर दार्जीलिङतिर काम खोज्दै गएछन् ।’
त्यसबेला मंगलबारेमा दुर्गाप्रसादका भिनाजुको घर थियो । उनीहरुले दुर्गाप्रसादलाई मंगलबारे ब’जारमा देखेका थिए । तर, अरु बेला पनि खासै नबो’ल्ने उनी त्यसदिन किन हो छलिंदै हिंडेका थिए । अहिले जस्तो सञ्चार सुविधा थिएन । एक, दुई दिन घर नआएपछि परिवारका सदस्यले भारततिर ‘कमाउन गयो होला भन्ने ठानेर खोज्न छाडे ।
त्यसबेला पूर्वी नेपालको सीमापारि भारतमा गोर्खाल्याण्ड आन्दो’लन थियो । नेपाली मूलका व्यक्ति मा’रिएको खबर सुन्दा वारि परिवारका सदस्यहरु झस्कि’रहन्थे । तर, धनमाया चाहिं छोरा घर फर्किने आशमा बसिरहिन् । अदुवा, आलु रोपेर आएको पैसाले जसोतसो गु’जारा चलाइन्, छोराछोरी हुर्काइन् । ‘एकदिन त छोरा आइहाल्छ भन्ने थियो’, ४० वर्षपछि अनुहारमा मुजा पार्दै धनमायाले भनिन्, ‘कमा’उन गएको थियो, आयो ।’
उनलाई आश थियो, छोरा आ’एपछि परिवारको दुःख हटेर जानेछ, सुख मिल्नेछ । यही सोचमा चार दशक बिताएकी आमाले सोमबार दुर्गाप्रसादलाई देखिन् । तर, सोचेझैं दुर्गाप्रसाद सुख बोकेर आएका थिएनन् । बरु आफैं अरुको स’हारामा बाँच्नुपर्ने अवस्थामा घर फ’र्किएका थिए । र, चार दशकपछि दुर्गाप्रसाद घर आउँदा उनले पहिले देखेका सपनाहरु मरि’सकेका थिए । काम्दै गरेको अवस्थामा सोमबार अपरान्ह दुर्गाप्रसादलाई दे’खेपछि धनमायाले भनिन् ‘खोइ बोल्दैन, बिरामी पो भएछ कि क्या हो !’
जिम्मेवारी १९ वर्षे गोपालको काँ’धमा
लुम्बाकको घिमिरे गोलाइ चोक मुन्तिर रहेको तिम्सिना निवासमा हाल आमा धनमाया, छोरी पविमाया, धनमायाको कान्छा छोरा धर्मानन्द, बुहारी ठाकु’रकुमारी र नाति गोपाल तिम्सिना (१९) बस्दै आएका छन् ।
आमा धनमा’याको एउटा हात चल्दैन, कान राम्रोसँग सुन्दिनन् । धर्मानन्द मुटु रोगी छन् । ‘कान्छा छोरा बि’रामी भएपछि केहीअघि मात्रै विराटनगर लगेर उपचार गराएर ल्याएका थियौं’, प्रदेशसभाका सांसदसमेत रहेका आफ’न्त शर्मा भन्छन्, ‘अहिले उहाँको बोली पनि स्पष्ट छैन ।’
उनकी जेठी श्रीमती यामकुमारीको २०५८ साल जेठमा मृत्यु भयो । एक जना छोरा गोपाल जन्मि’एको एक वर्षमै यामकुमारीको मृत्यु भएपछि धर्मानन्दले दोस्रो बिहे गरेका थिए । तर, उनको दोस्रो बिहे समेत राम्ररी अघि बढेन । कान्छी श्रीमतीले अदाल’तमा छुट्टिन माग गर्दै अंश मुद्दा हालेकी छन् ।
यो घरका सदस्य अहिले चार समूहमा बाँडि’एका छन्, उनीहरुका छुट्टाछुट्टै भान्सा छ । आमा धनमायाको चुलो घरमुनिको बारीमा खुला आकाशमुनि छ, दुर्गाप्रसादका भाइ धर्मानन्द र उनका छोरा गोपाल घरको भुइँतलामा र धर्मान’न्दकी कान्छी श्रीमती यामकुमारी आँगनमा खाना पकाउँछिन् । दुर्गाप्रसादकी बहिनी पवि’माया घरको बायाँतिरको पिंढीमा खाना पकाउँछिन् ।
लुम्बाक गाउँमा दुर्गाप्रसादको परिवारको २२/२४ रोपनी पाखो जमिन छ । तर, अदा’लतमा मुद्दा परेपछि जग्गा रोक्का भएको छ । अम्लिसो, अदुवालगायतका खेती गर्न सक्ने अवस्था त छ तर, घरमा काम गर्न सक्ने अव’स्थामा कोही पनि छैनन् ।
दुर्गाप्रसाद र धर्मानन्दका बहिनी पविमाया पनि बौद्धिक अपा’ङ्ग छिन् । त्यसकारण अहिले घरको सबै जिम्मेवारी धर्मानन्दका छोरा गोपाल तिम्सिनाको काँ’धमा आएको छ ।‘करफोक विद्या मन्दिरमा जसोतसो कक्षा १२ सम्म पढियो, योभन्दा अघि बढ्न गाह्रो छ’, उनले अनलाइनखबरसँग भने, ‘अब के गरेर परि’वार धान्ने हो, अलमलमा छु ।’
उनका बुबा धर्मानन्द चाहिं आफ्नो दाइ दुर्गाप्र’सादलाई दुःख–सुख गरेर पाल्ने बताउँछन् । उनी भन्छन्, ‘खेत सबै बाँझो छ, अब दुःख–सुख केही गर्नुपर्ला ।’ तर, उनी आफैं नियमित औष’धि लिइरहेका छन् र थप उपचार गर्नुपर्ने अवस्थामा छन् ।
धर्मानन्द’का अनुसार बिहे भएर गएकी जेठी छोरीले ३ लाख र माइली छोरीले २ लाख रुपैयाँ उप’चारका लागि सहयोग गरेका थिए । ‘दाइलाई ल्याउँदा पनि केही पैसा खर्च गर्यौं, अरु आफन्तले पनि अलिअलि सहयोग गरेकाले उहाँलाई य’हाँसम्म ल्याउन सम्भव भयो’, धर्मानन्दले भने ।
उनका अनुसार दाइ दुर्गा’प्रसाद आउने भएपछि अन्य आफन्तहरुले २ हजारदेखि सक्नेसम्म सहयोग गरेका थिए । आफन्त प्रकाशचन्द्र तिम्सिना’का अनुसार काँकरभिट्टासम्म आइपुग्दा दुर्गाप्रसाद एकसरो कपडामा मात्रै थिए । त्यसैले उनका लागि त्यहीं कपडा किनिएको थियो । फिक्कल आइपुगेपछि आफन्त धीरेन्द्रले ज्याकेट’सहितका अन्य कपडा किनिदिएका थिए ।
गाँसबा’सको टुंगो छैन
जीवनको उर्बर समय भारतीय कारा’गारमा बिताएर दुर्गाप्रसाद त फर्किए तर, लुम्बा’कस्थित घरमा उनलाई गाँसबासकै समस्या रहेको आफन्तहरु बताउँछन् । ‘उहाँ आउनुभएको छ, खुशीको कुरा हो’, एक आफन्तले अनलाइनखबरसँग भने, ‘तर, परिवा’रको स्थिति हेर्दा उहाँ यहीं बसिरहनु भए अवस्था झन् ना’जुक हुनसक्छ ।’
त्यही कार’ण आफन्तहरुले पनि पालैसँग नजिकै रहेका नाते’दारहरु कहाँ निश्चित समयका लागि दुर्गाप्रसादलाई राख्न सुझाएका छन् । गाउँघरमा घुलमिल भए उनको अव’स्था सुध्रिंदै जाने भएकाले पनि आफन्तहरुले यो सुझाव दिएका हुन् ।
मंगलबार प्रदेश १ सरकारले उनको उपचा’रका लागि सहयोग गर्ने निर्णय गरेपछि चाहिं परिवार केही हदसम्म खुशी भएको छ । भारतमा दुर्गाप्र’सादको पक्षमा कानूनी लडाइँ गरेका व्यक्ति’हरुको पनि उपचारमै चिन्ता थियो ।
‘उपचा’र त हुनेभयो, अन्य कुरामा पनि सहयोग भएदेखि धेरै सहज हुनेथियो’ गोपाल भन्छन्, ‘बुबाकै उपचारमा पनि ७ लाख रुपैयाँ परिवारलाई ऋण लागिसकेको छ ।’कमजोर पारिवारिक अवस्थाबारे थाहा पाएपछि उच्च अदालत, कोलकाताका अधि’वक्ता हिरक सिन्हा, प्रदीप मण्डल, मलाय भट्टाचार्य, शुभ्रज्योति घोषलगायतले बहस पनि निःशुल्क गरिदि’एका थिए । अनलाइन खबरबाट