प्रधानमन्त्री ओलीद्वारा स्वीच थिचेर एकैपटक १ सय ६५ वटा सडक नि’र्माणको शुभारम्भ

प्रधानमन्त्री केपी शर्मा ओलीले एकैप’टक १ सय ६५ वटा सडक निर्माणको शुभारम्भ गर्नुभएको छ । शनिबार बालुवाटारबाट सडक निर्माणको शु’भारम्भको स्वीच थिचेर प्रधानमन्त्री ओलीले निर्वाचन क्षेत्र रणनीतिक सडक विकास कार्यक्रमको शुभार’म्भ गर्नुभएको हो ।

हरेक निर्वाचन क्षेत्रमा एक/एक वटा सडक निर्मा’ण गर्नेगरी कार्यक्रमको शुभारम्भ गरिएको हो । यो वर्ष सरकारले हरेक निर्वाचन क्षेत्रमा एउटा सडक बनाउने कार्य’क्रमका लागि ३ अर्ब २० करोड रुपैयाँ बजेट छुट्याएको छ । सबै ठाउँमा प्रधानमन्त्री ओली पुग्न अस’म्भव भएकाले एकै ठाउँबाट शिलान्यास गर्नुभएको छ।

यो पनि पढ्नुहोस्: नेकपा एमाले अध्यक्ष एवं प्रधानम’न्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले माधवकुमार नेपाल समूहको बिजोग हुन लागेको बता’एका छन् । शनिबार बिहान ट्विटमार्फत् नेपाल समूहसँग कुनै आधिकारीक पार्टी, चुनाव नभए’को भन्दै बिजोग हुन लागेको सल्लाहकार थापाले भनेका छन् ।

उनले भनेका छन्, ‘सा’थमा न पार्टी, न चुनाव चिन्ह, न त राजनीति नै छ, गुट, समानान्तर रवैया र आत्मनिन्दाको सर्वनाशको बाटो त्यागी संयमित हुन जरूरी छ। नभए वि’जोग होला है !’

नेपाल समू’हलाई वागी समूहको संज्ञा दिँदै उक्त समूह अँध्यारो सुरूङमा पसेको छ पनि उनले भनेका छन् । नेपाल समू’हको बाहिर निस्कनका लागि अगाडि ठाउँ नै नभएको र पछि फ’र्किन त झनै नमिल्ने उनको ठोकुवा छ । य’सअघि उनले भनेका छन्, ‘माधवकुमार नेपाल नेतृत्वको वागी समूह अँध्यारो सुरूङमा पसेको छ, जसको बाहिर निस्कने अगाडि ठाउँ नै छैन, पछि फर्कि’न त झनै मिल्दैन !’

प्रधानमन्त्री केपी शर्मा ओली शनिबार बालुवा’टारमा पत्रकारहरुविरुद्ध खनिनु भयो । एकैपटक १ सय ६५ वटा सडक निर्माणको शुभारम्भ कार्यक्रममा बोल्दै मा’मुली कुरा उचाल्ने तर, राष्ट्रिय महत्वका कुरा नउठाउने भन्दै पत्रकारको झाँको झा’र्नुभयो ।

मिडियाले मे’लम्ची खानेपानीको विषयलाई महत्वका साथ प्रकाशित नगरेर अतिरञ्जित गरेकोमा प्रधानमन्त्री ओलीले आ’पत्ति जनाउनुभएको छ । उहाँका अनुसार देशमा त्यस्तो खालको राष्ट्रिय महत्वका कुरा उठाउने मिडिया नै ने’पालमा छैन ।

यस’अघि उहाँले भन्नुभयो, ‘का’काकुल भनिएको काठमाडौंलाई तृप्त बनाउका लागि मेलम्चीको पानी त ल्याइयो । हामीले भगिराथले गंगा ल्याएको भनिएको सुनि’एको त थियो । हामीले मेलम्चीको पानी ल्याएर देखायौँ ।’

सरका’रले गरेको सिन्को भाँचेको नदेखेको पनि उहाँको आरोप छ । गरेको काम नदेख्ने तर, रा’जनीति भाँड्ने काम गरेको, नेवारी संस्कृति विनाश गर्न लागेको भन्दै नेवारहरु उठ्नुपर्यो, फाँसीवाद आयो भनेर भन्ने गरेको उहाँले बताउनुभएको छ । ५७ अर्ब १० करोड लागतमा १ सय ६५ सडक सञ्जाल नि’र्माण योजना अघि बढाइएको प्रधानमन्त्री ओलीले बताउनुभएको छ । साथै, अबको ३ वर्ष अर्थात् २०८० भित्र यी सडक योजनाहरु निर्मा’ण गरिने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘शि’लान्यास गरिएका १ सय ६५ वटा सडक निर्माणका योजनाहरु समयमै सम्पन्न भएको हेर्न चाहन्छु । कार्यसम्पादन, पुँजीगत खर्चको समयमै सदुपयोग, गुणस्तरीय हुन आवश्यक छ । साथै, आयोज’नासँग सम्बन्धित मन्त्रालय, विभाग र सरोकार निकायहरुलाई समयमै काम सम्पन्न र राम्रोसँग रेख’देख गर्न अनुरोध गर्छु ।’न्युज24 बाट

प्रतिकृया दिनुहोस्