२० चैतः म्याग्दीका सर्वसा’धारणको योगप्रति आकर्षण बढेको छ । स्वस्थ रहन र तनाव व्यव’स्थापनका लागि योग अभ्यासमा आकर्षण बढेको हो । जिल्ला सदरमुकाम बेनी बजारका साथै ग्रामीण क्षेत्रमा मानिस भेला भएर सामूहिकरूपमा योग अभ्यास गर्छन् । व्यस्त जीव’नमा साधारण व्यायाम गरेर आफूलाई स्वस्थ राख्न, तनावबाट मुक्त हुन र शारीरिक स्फुर्तिका लागि नियमित योग गर्ने गरेको बेनीको कालीपुलका व्यापारी तप्तबहादुर भण्डारीले बताउ’नुभयो ।
“दिनभर व्यव’सायको कामले व्यस्त भए पनि बिहानको डेढ घण्टा म नियमित योग गर्छु”, उहाँले भन्नुभयो, “योग गर्न थालेपछि रक्तचाप व्यवस्थापन भएको छ । मलाई स्वस्थ, फुर्तिलो बनाउन र स’कारात्मक सोचको विकास गर्न योग उपयोगी बनेको महसुस गरेको छु ।” उहाँले विगत पाँच वर्षदेखि नियमित योगा’भ्यास गर्दै आउनुभएको छ । बजार क्षेत्रका नागरिक, व्यापारी, पेशाकर्मी बिहानको समयमा एकै ठाउँमा भेला भएर सामूहिक योगा’भ्यास गर्छन् ।
बेनी नगर’पालिका–७ मङ्गलाघाटकी रेणु शाक्यले अपच हुने, रुघा लागिरहने र रक्तचाप बढ्ने समस्या निय’मित योग गर्न थालेपछि व्यवस्थापन भएको अनुभव सुनाउनुभयो । “योग अभ्याससँगै स्वास्थ्यलाई हानी नगर्ने खान’पान अपनाउन थालेपछि स्वास्थ्यमा सुधार आएको छ”, उहाँले भन्नुभयो “रक्तचाप व्यवस्थापन र रुघा लागिरहने समस्या निको भयो ।” जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, नवीन आनन्द योग केन्द्र’लगायत निकाय र सङ्घ संस्थाले म्या’ग्दीमा योग प्रशिक्षण सञ्चालन गरेका छन् ।
बेनी, दरवाङ, तिप्ल्याङ, बिम, बाबियाचौर, सिंगा तातोपानी, बेग, बगरफाँट’लगायतका स्थानमा योगाभ्यास सञ्चालन भएको छ । छोटो अवधिका लागि आयोजना गरिने सामूहिक योगाभ्या’समा सहभागि भएपछि धेरैजसोले घरमै निर’न्तरता दिएका छन् । योगाभ्यासमा सहभागीलाई उत्प्रेरणा साथै योग र ध्यानको महत्व बुझाएर आधारभूत ज्ञान र सीप प्रदान गरिने योग प्रशिक्षक टीकाबहादुर जुग्जा’लीले बताउनुभयो ।
“गलत खानपान र जीवन’शैलीका कारणले शरीर भद्दा, अस्तव्यस्त र अस्वस्थ भएको छ”, उहाँले भन्नुभयो, “आसन, प्राणायम र उचित खान’पानको माध्यमबाट स्वस्थ रहन योगले सहयोग गर्छ ।”योगले मानिसको शरीरिक बनावटलगायत मानसि’करूपमा पनि सकारात्मक प्रभाव पार्ने योग प्रशिक्षक जुग्जालीले बताउनुभयो । जीवनमा स्वस्थ र निरोगी रहन योग विधाको आवि’ष्कार भएको बताइन्छ । व्यस्त जीवनमा हुने तनावबाट मुक्त रहन पछिल्लो समय युवादेखि वृद्धसम्मले यसलाई अपनाएको पाइन्छ । चिकित्सकका अनुसार दैनिक योगले मानिसको प्रतिरक्षा प्रणाली’लाई बलियो बनाउँछ ।
योगप्रति आक’र्षण बढे पनि बजार क्षेत्रमा अभ्यास गर्ने ठाउँको अभाव छ । मन्दिर, विभिन्न सङ्घ संस्था, सरकारी का’र्यालय र होटलका सभाहल परिवर्तन गरेर योग सिकाउने गरिएको छ । नियमितरूपमा एकै ठाउँमा योगाभ्यास सञ्चा’लन गर्ने ठाउँको अभाव भएको हो । सामाजिक विकास मन्त्रालय र मालिका गाउँपालिकाले दरवाङमा योग केन्द्रको भवन बनाएका छन् । बेनीको कालीपु’लस्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको भवनमा गत वर्ष योग सञ्चालनका लागि सभाहल निर्माण भएको थियो । योग साधकको सङ्ख्या धेरै भएकाले पूर्वाधारको अभा’व भएको नवीन आनन्द योग केन्द्रका सचिव हरिप्र’साद पौडेलले बताउनुभयो ।
“बेनी नगरपा’लिका–८ हिलसाइडमा योग साधना भवन निर्माणका लागि तीन वर्षअघि छ आना जग्गा व्यवस्था’पन गरेका थियौँ”, उहाँले भन्नुभयो, “बजेट र आर्थिक स्रोतको अभावमा भवन निर्माण गर्न सकेका छैनौँ ।” बेनीको क्याम्प’सचोकका नारायण श्रेष्ठ र अम्बिका श्रेष्ठले तीन आना जग्गा निःशुल्क उपलब्ध गराउनुभएको थियो । तीन आना जग्गा खरिद गरिएको थियो । बेनी नगरपालिकाका उपप्रमुख सञ्जु बरुवालले योगको प्रवद्र्धनका लागि भवन निर्मा’णका लागि प्रदेश सरकारसँग पहल गरेको बताउ’नुभयो । जिल्ला समन्वय समितिको सभाहलको छतमा ट्रस राखेर योग साधनास्थल बनाउन छल’फल चलाएको उहाँले बताउनुभयो । (रासस)