बढ्यो सुनको मूल्य, तोलाको कतिमा कारोबार हुँदैछ?

नेपाली बजा’रमा सुनको मूल्य बढेको छ । शुक्रबार सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेको हो । बिहीबार प्रतितोला ८६ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज बढेर प्रतितोला ८७ हजार ४०० रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महा’संघले जनाएको छ ।

तेजावी सुनको मुल्य आज प्रति’तोला ८६ हजार ९५० रुपैयाँ रहेको छ । यस्तै, चाँदीको मुल्य पनि तोलामा ३० रुपैयाँले बढेर प्रतितोला १२ सय ४० रुपैयाँमा कारोबार हुने महा’संघले जनाएको छ ।

यो पनि पढ्नुहोस्: कैलालीमा तोरी उत्पा’दन बढेको छ । गत वर्षको तुलनामा कैलालीमा यस वर्ष तोरी दोब्ब’रले उत्पादन बढेको कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्रप्रसाद शर्माले बताए । औसतमा तोरी प्रतिहेक्टर १० क्विन्टलसम्म उत्पादन हुने गर्दछ । “गत वर्ष प्रतिहेक्टर छ क्वि’न्टलका दरले तोरी उत्पादन भएकामा यस वर्ष बढेर प्रतिहेक्टर १२ क्विन्टलसम्म उत्पादन भएको छ”, उनले भने, “गत वर्ष तोरीखेती भएको हिउँदे मौसममा अधिक वर्षा हुँदा तो’रीसँगै अन्य बालीको उत्पा’दनमा कमी आएको थियो ।

यस वर्ष मौसम अनु’कूल रहेकाले गत वर्षभन्दा दोब्बरले उत्पादन बढेको छ ।” यस वर्ष तोरी बाली मात्र होइन अन्य बाली पनि राम्रो उत्पादन हुने देखि’एको प्रमुख शर्माको भनाइ छ । सन्देश जस्तै तोरीखेती गरेका अन्य किसान पनि तोरी उत्पा’दन र तोरीको बजार मूल्य राम्रो पाएपछि खुशी भएका हुन् । तोरीखेती स्या’हारेका अधिकांश किसान त्यही तोरीखेतीमा छरेको मसुरो स्या’हार्न थालेका छन् । गत वर्ष तोरी उत्पादन कम भएका कारण कैलालीमा तोरीको तेल पाउ’नसमेत कठिन भएको थियो ।

कैलालीका मिल सञ्चा’लकले यस वर्ष तेल बिक्रीका लागि आवश्यक तोरी भण्डारण गरिसकेका छन् । “गत वर्ष हामीले तेल बिक्रीका लागि तोरी पाएनौँ, तेल पेलेर बिक्री गर्ने मिलमा कारो’बारसमेत भएन । रु २०० प्रतिलिटर बिक्री हुने तेल तोरी अभाव भएपछि रु २५० मा बिक्री गर्दा पनि तेल अभाव भयो”, मिल सञ्चा’लक रवीन्द्र धामीले भने, “यस वर्ष एक गोदाम तोरी भण्डारण गरेको छु । मेरो त व्यवसाय नै तोरीको तेल बिक्री गर्ने हो । पछि अभाव हुन्छ भन्ने डरले तोरीको भण्डा’रण बढाएको छु ।”

कैलालीमा २० हजार हेक्टर क्षेत्र’फलमा तोरीखेती हुने गरेको छ । मल र सिँचाइको उपलब्धताले तोरीको उत्पादनमा भरपर्ने भएकाले यस वर्ष करीब २० हजार टन उत्पा’दन भएको केन्द्र प्रमुख शर्माको भनाइ छ । “तोरीखेतीको उत्पादकत्व बढाउनका लागि नयाँ प्रविधि, उन्नत जातको बीउको प्रयोग’लेसमेत प्रभाव पार्ने गर्दछ”, उनले भने, “पछिल्लो समय किसानसमेत बीउ, मल र प्रविधि प्रयोगका सवा’लमा सचेत बन्न थालेका छन् ।”

कि’सानले लगाउने बालीको उत्पादन हरेक वर्ष घटबढ हुने गरेको हुन्छ । मौसम अनुकूलता, सिँचाइ व्य’वस्थापन, मल, बीउलगायतमा तालमेल मिलेमा उत्पादन बढी लिन सकिने कृषि विज्ञ’को सुझाव छ । रातोपाटीबाट

प्रतिकृया दिनुहोस्