काठमाडौको यो ठाउँमा रहेछ बम्बैको जस्तै को’ठी, यसरी ल्या’इन्छन् गाउँवाट बालिका र युवती

गाउँका वि’पन्न बालिका र युवतीहरुलाई काठमाडौको कपडा पसलमा काम लगाइदिने भन्दै ल्या’एर होटलमा लैजाने गरेको तथ्य खुलेको छ । त्यसका लागि काठमाडौमा घर नै भाडामा लिएर ब्यव’साय सञ्चालन गरिएको पनि प्रहरीले फे’ला पारेको छ । राजधानी काठमाडौंमै ब्यवसायका लागि बालिका ओसा’रपसार गर्ने गरिएको पाइएको हो । यसरी ल्याइएका बालिकालाई दलालको जिम्मा लगाएर होटलमा लगेर इच्छा वि’परितको काममा लगाइने गरिएको अनुस’न्धानको क्रममा खुल्न आएको छ ।

महानगरीय प्रहरी परि’सर भक्तपुरले त्यस्तो ओसा’रपसार गरिएका बालिकाका बाबुको कि’टानी जा’हेरीको आधारमा अनुसन्धान गर्दै जाँदा काठमाडौमै भारतको बम्बैमा जस्तै घर नै भाडामा लिएर बालिका र युवतीहरुलाई प्र’योग गरिएको खुल्न आएको हो । उक्त अनुसन्धानका क्रममा प्रहरीले होटल सञ्चा’लक र एक ग्राहकसहित चारजनालाई नियन्त्रणमा लिएको परिसरकी प्रमुख प्रहरी उपरीक्षक तारादेवी थापाले जान’कारी दिइन् ।

उनका अनु’सार सिन्धुलीको ग्याङग्ले गाउँपालिका ३ घर भई हाल काठमाडौं गोकर्णेश्वर नगरपालिका माकलबारी बस्ने १८ वर्षीया मसेली भन्ने सुहाना तामाङ र सि’न्धुलीकै सुनकोसी गाउँपालिका ७ घर भई हाल माकलबारी नै बस्ने २४ वर्षीय सरगम भन्ने श्यामकुमार भट्टराईलाई प्रहरीले नियन्त्र’णमा लिएको हो ।

त्यस्तै काठमा’डौंको गोकर्णेश्वर नपा ५ जोरपाटी बस्ने ५२ वर्षीय प्रकाश ढुंगेल, नुवाकोटको सूर्यगढी गापा ४ घर भई हाल माकलबारी बस्ने ३१ वर्षीय मुना थापामगर र काठमाडौंको का’गेश्वरी मनहरा नपा १ गागलफेदी बस्ने ४७ वर्षीय राजकुमार सुनारलाई प्रहरीले नियन्त्र’णमा लिएको छ ।

प्रहरी उपरी_क्षक थापाले सुहानाले आर्थिक अवस्था कमजोर भएका ज्याला मजदुरी गर्ने बालिका तथा युवतीहरुलाई काठमाडौंका कपडा पसललगायतमा काम लगाई दिने प्रलो’भनमा पारी व्यवसाय गराउन राज’धानीमा बालिका तथा युवती ओसारपसार गर्ने गरेको अनुसन्धानको क्रममा खुल्न आएको बताइन् ।

‘सुहानाले ओसारपसार गरेर ल्याएका बा’लिका तथा युवतीलाई श्यामकु’मारको जिम्मा लगाउने अर्थात् बेच्ने गर्ने देखिएको छ’, उनले भनिन्, ‘श्यामकुमारले भने बालिका तथा युवतीहरुको फोटो खिचेर विभिन्न होटल सञ्चाल’कहरुलाई दिने र उक्त फोटोको आधारमा ग्राहक खोज्ने कार्य गर्दै आएको देखि’एको छ ।’

बालिका तथा युव’तीहरुको फोटो होटल सञ्चालक तथा प्रबन्धकले देखाई ग्राहकको रोजाईअनुसार श्यामकुमार आफैले तथा अन्य भा’डाका ट्याक्सी, पठाओ चालकमार्फत सम्बन्धित होटलमा बालिका तथा युवतीहरुलाई पठाई मानव बेच’बिखन तथा ओसारपसार गरी इच्छा विप’रितका कार्य गर्न बाध्य बनाउने गरेको अनुसन्धानमा खुलेको प्रहरी उपरीक्षक थापाले जान’कारी दिइन् । अन्नपुर्णपोष्टमा समाचार छ । इताजा खबरबाट

प्रतिकृया दिनुहोस्