पानी न’परेर खेतबारीमा बाली सुक्दै जाँदा चिन्तित छन् किसान

होली (फागु) पर्वको रमाइलो सकेका किसान खे’तबारीमा बाली सुक्दै गएको देखेर बिल’खबन्द परेका छन् । होली पर्व सकेर खेतीपाती हेर्न थालेका महोत्तरीका तरकारी खेती गर्ने किसान तरकारीका बोट र बेला (लहरा) सुक्दै गएको देखेर बिल’खबन्द परेका हुन् । लामो समयसम्म पानी नपरेर सिँचाइका अन्य विकल्प नपा’इएपछि धमाधम बोटमै तरकारी सुक्न थालेकाले किसानमा चि’न्ता बढाएको हो ।

“खेत बारीमा भाण्टा, परवल, घिरौँला, झिमनी, रामतोरई, करेला, फर्सी र लौका’सहितका तरकारीका बिरुवा पानीबेगर सुकिरहेका छन्, पानी पर्दैन, इनार धमाधम सुके…अब के गराँै..?” जिल्लाको भङगाहा नगरपालिका–४ का तरकारी किसान चन्दे’श्वर राय दनुवारले दनुवारले विरक्तिँदै भन्नुभयो, “बारीमा लहलह बढ्नुपर्ने तरकारीका बिरुवा सुक्दै गएपछि घरगु’जारा केले टार्ने होला ?” लामो खडेरीले तरकारी बाली बोटमै सुक्न थालेपछि किसानको पिरो’लो बढेको हो ।

यस’पालि सिङ्गो हिउँद पानी नपरी बित्यो । चैतमध्य सकिँदासम्म पानी नपर्दा वैशाखी तरकारीका बोट र लहरा सुक्दै गएका छन् । यो वर्ष तरकारी खेतीका लागि एकपछि अर्को प्रति’कूलताले मन भाँचेको किसानको ठम्याइ छ । “नयाँ वर्ष सँगै लकडाउनको मार पर्यो, फलेका तरकारी बजार लान नपा’एर बोटमै बुढियो”, सोही बस्तीका अर्का किसान गङ्गाराम महतोले दिक्दारिँदै भन्नुभयो, “गत वर्षको वैशाखी र बर्खे तरकारी बाली बोटमै बुढियो, अहिले वैशा’खी (गृष्मकालीन) तरकारी बाली पानी’बेगर सुक्न थाल्यो ।”

जिल्लाको उत्तरव’र्ती क्षेत्रका भङ्गाहा, बर्दिवास, औरही र गौशाला नगरपालिका क्षेत्र तरकारी बा’लीका लागि उर्बर ठाउँ मानिन्छन् । त्यसैगरी मटिहानी नगरपालिकाका ढेकाहा, वर्दाहा, आवर र बलवा नगरपालिकाका धमौरा, रौजा बस्ती तरकारी उत्पादनमा उर्बर क्षेत्र मानिन्छन् । मुख्य बाली नै तरका’रीलाई बनाएका किसान पानीको उपाय नहुँदा अहिले विरक्तिएका हुन् ।

“बस्ती न’जिकै जता हेर्यो, खोलाखोल्सी छन्”, बर्दिवास–९ पशुपतिनगरका किसान महेन्द्रसिंह कुश’वाहा भन्नुहुन्छ, “तर खोलाखोल्सी सिंचाइका लागि नभएर बर्खे भेलमा खेतबारी बगाएर चिन्ता थप्नेमात्र छन् ।” गत वर्षामा रातु नदीको बाढीले बगर बनाएको खेत देखाउँदै महतोले भन्नुभयो, “खै हाम्रो त कर्मै खोटो पो हो कि क्याहो ।” स्थायी सिँचाइको कुनै व्यव’स्था नभएको र अहिलेको लामो खडेरीले बस्तीका इनार धमाधम सुकेपछि पम्पसेट (इनारबाट पानी तान्ने मोटर)को काम पनि सकि’एको महतोको भनाइ छ ।

स्थायी सिँचाइको प्र’बन्ध हुन नसकेको र इनार, चापाकल धमाधम सुकेपछि किसान तरकारीका बोट सुकेको आँ’खाभरि आँसु टिल्पिल्याउँदै हेरिरहन बाध्य छन् । यसपालि लामो हिउँद पानी नपरी बितेपछि पानीका स्रोतका मु’हान सुक्दै जाँदा आफूहरु बिलखबन्दमा परेको किसानको दुखेसो छ । जिल्लामा मौसमी÷बेमौसमी र वर्षभरिका विभिन्न याममा गरी १० हजार हेक्टरमा तरकारी खेती हुँदै आएको कृषि ज्ञान केन्द्र महोत्त’रीले जनाएको छ ।

महोत्तरी जिल्ला’को कूल खेतीयोग्य जग्गा ६७ हजार ३५२ हेक्टरमध्ये हालसम्म मुस्किलले करिब सात हजार हेक्टरमा मात्र कुलो लाग्ने सिँचाइ सुविधा छ । यसपा’लिको लामो हिउँदे खडेरीले सिञ्चित जग्गाकै पानीको स्रोतका मुहानसमेत सुक्दै गएकाले अहिलेको बालीमात्र नभएर अब लगाइने बालीका लागि खन’जोत गर्नसमेत समस्या परेको किसान बताउँछन् ।

किसानको यो चिन्ताबीच प्रदेश–२ सरकारको भूमि व्यवस्थापन, कृषि तथा सहकारी मन्त्रालयले सिँचाइलाई मुख्य प्राथमिकतामा राखेर कृषि प्रवद्र्धन कार्यक्रम अघि बढाइ’एको जनाएको छ । यसैगरी जिल्लाका बर्दिवास र भङ्गाहा नगरपालिकाले सिँचाइ सुविधा विस्तारकै लागि १०० भन्दा बढी इनार निर्माण भइसकेका र यस वर्ष पनि इनार निर्मा’णको काम भइरहेको जनाएका छन् । यसैबीच मटिहानी नगरपालिकाले पनि सिँचाइ सुविधा विस्तारका लागि बोरिङ जडा’नको काम थालिएको ज’नाएको छ । (रासस)

प्रतिकृया दिनुहोस्