अहिले चियावालीको उपनामले सामाजिक संजालमा निकै नै भाइ’रल बनेकी नुवाकोटकी सृष्टि तामाङ जो आफ्नो दुई वर्षको आफ्नो दुधे बालकलाई आफ्नो पिठ्युँमा बो’केर रातको तीन बजेदेखि चिया बनाउँदै र बेच्दै आउनुभएको छ। उहाँको संघर्षको यो दृश्यलाई गोदा’वरीका एकजना फोटो पत्रकार गजेन्द्र राज नेम्बाङले सामाजिक संजालमार्फत सेयर गर्नुभयो र यो दृश्य यतिबेला सं’सारभर भाइरल बन्न पुग्यो।
सामान्य व्या’पार गरेर चिया बेच्दै गरेको मान्छे यस्तो चर्चा पाउँदा कस्तो हुँदो रहेछ भन्ने प्रश्नमा उहाँ भन्नुहुन्छ,’ एकदमै खुसी ला’गिरहेको छ,यस्तो हुन्छ भनेर सपना पनि देख्या थिइन। यत्रो सबैनना दाजुभाइ,दिदी’बहिनी,आमाबुबाहरूले मन पराइदिनुहुन्छ भनेर खासै आशा पनि गरेको थिइन। यति धेरै माया गरिदि’नुभएको छ। उहाँहरू सबैलाई मनदेखी नै धन्यवाद भन्न चाहन्छु। ‘
उहाँ बिहान राती तीन बजेदेखि नै आफ्नो बच्चा पि’ठ्युँमा बोकी चिया बेच्नुहुँदो रहेछ। उहाँको माइती’घरतिर दिदीबहिनीहरू भएतापनी घरपटी चाहिँ खासै कोहि हुनुहुन्न रहेछ। उहाँको श्रीमान चाहिँ अहिले सुनधारामा सानोतिनो ठेक्का’पट्टा गर्नुहुँदो रहेछ।
यद्यपि अहिले उहाँ श्रीमती र छोरी छोडेर पारी’वारिक जिम्मेवारी विहीन भएर बस्नुभएको रहेछ। उहाँ घर पनि आउनुहुँदो रहेनछ। तर एक्कासि सामाजिक सं’जालबाट आफ्नो श्रीमतीको भाइरल समाचार आइसमेपछी उहाँले फोन चाहिँ गर्नुभएको थियो रे। यति धेरै दुख गरेर बसेको थाहा थिएन भन्नुभयो र रुँदै फोनमा कुरा’कानी गर्नुभएको रहेछ।
उहाँले भन्नुभयो कि,’ मेरो श्री’मानले अब घर फर्किन्छु त भन्नुभयो मलाई तर यस्तो दुखमा छोडेर जानुभएको छ अब म कसरी उहाँलाई स्वागत गरौं ? मलाई उहाँले यस्तो चो’टमा छोडेर जानुभयो।मेरो त मनदेखी नै चित्त दुख्या छ। त्यो चोट अहिले तत्काल बिर्सिहाल्न नसकेको हुँदा अहिले नै हत्त’पत्त स्वी’कार गर्न गाह्रो हुन्छ।’
बिशेषत: लक’डाउनको कारणले उनीहरूबीच बाँच्ने उपाय खोजी गर्ने क्रममा टाढिने अवस्था आएको भएता’पनी यसरी जिम्मेवारविहीन बन्नु हुँदैन थियो एउटा श्रीमान हुनुको नाताले।जतिसुकै दुख संघर्ष गरेतापनि साथमै रहेर गर्नु’भएको भए मलाई यति चोट पर्दै’नथियो। उनले बताइन् । इताजाखबरबाट