१९ चैत, काठमाडौं । सुनको भाउ तोलामा नौ सय रुपै’याँले बढेको छ । बुधबार तोलामा चार सयले घटेर ८५ हजार ६ सयमा कारोबार भएको छापावा’ल सुनको भाउ बिहीबार ८६ हजार पाँच सय रुपैयाँ कायम भएको हो ।
आजका लागि तेजा’वी सुनको प्रति तोला मूल्य ८६ हजार ५० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्ययवसायी महासंघले जनाएको छ । यस्तै चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेको छ । बुधबार तोलामा ११ सय ९५ रुपैयाँमा कारो’बार भएको चाँदीको भाउ आजका लागि १२ सय १० रुपैयाँ तोकिएको छ ।
यो पनि पढ्नुहोस्: गत शुक्रबार’देखि काठमाडौँ उपत्यकालगायत मुलुकका विभिन्न स्थानमा बढिरहेको वायु प्रदूषणका कारण नागरिकको स्वास्थ्यमा परेको असर_प्रति राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर चासो व्यक्त गरेको छ ।
बिहीबार आयो’गद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘ उपत्यकालगायत मुलुकका विभिन्न स्थानमा बढिरहेको वायु प्रदूषणका कारण नागरिकको स्वास्थ्यमा परेको असरप्र’ति राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको छ ।’
साथै आ’योगले नियमित रुपमा सञ्चार माध्यमको अनुगमन गर्नुका साथै आयोगमा सरोकारवालासँग छल’फल गरेको छ । पछिल्लो समयमा नेपालका २७ सय ठाउँमा आगलागी तथा डढेलो लागेको, वायु प्रदूषणका कारण आँखा पोल्ने, खोकी लाग्ने, नाक चिलाउने समस्या अत्याधिक रुपमा देखिएको सञ्चार अनुगम’नबाट पाइएको छ ।
सुख्खा याम, अत्या’धिक डढेलो तथा पश्चिमी वायु कमजोर भएका कारण केही दिन यता देखिएको वायु प्रदूषण विश्व स्वास्थ्य सङ्गठनले तोकेको भन्दा अत्य’न्तै खराब अवस्थामा रहेकोले मानव स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने वातावरण विज्ञहरुले छलफलको क्रममा बताएका छन् । वायु गुणस्तर मापन सूचक (एक्युआइ) अनुसार गत आ’इतबार काठमाडौँमा मापन गरिएको वायुको गुणस्तर ३ सय भन्दा बढी पुगेको देखिएकोले जेष्ठ नागरिक, बालबालिका, दम, श्वासप्रश्वास सम्बन्धी दीर्घ रोगीहरुमा अत्यन्तै जो’खिम हुने हुनाले सचेत रहनुपर्ने विज्ञहरुले ध्याना’कर्षण गराएका छन् ।
नेपालको संवि’धानको धारा ३० ले स्वच्छ वातावरणमा बाँच्न पाउने हकको उल्लेख गरेको छ । वाताव’रण संरक्षण ऐन, २०५३ तथा नियमावली २०५४, विपद् जोखिम न्यूनीकरण व्यवस्थापन ऐनलगायत राष्ट्रिय कानूनका साथै नेपाल पक्ष राष्ट्र बनेको आर्थिक, सामाजिक तथा साँस्कृतिक अधि’कार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिले स्वच्छ वातावरणीय अधिकारको व्यवस्था गरेको छ ।
विज्ञहरुका अनुसार वायु प्र’दूषणबाट हुन सक्ने जोखिमलाई न्यूनीकरण गर्न, हालै देखिएको अत्याधिक डढेलोलाई नियन्त्रण गर्न, घर तथा कृषि कार्यबाट नि’स्किने फोहोर जलाउने कार्यमा नियन्त्रण गर्न तथा सवारी साधनको प्रयोगलाई सम्भव भएसम्म कम गरी हालै देखिएको वायु प्रदूषणको अवस्थामा तत्का’ल सुधार ल्याउनुपर्ने देखिन्छ ।
यस्तै वायु प्र’दूषण तथा प्राकृतिक विपद्को जोखिम न्यूनकरण गर्दै नागरिकको स्वच्छ वातावरणमा बाँच्न पाउने हकको संर’क्षणार्थ तत्कालीन तथा दीर्घकालीन उपायहरुको अवलम्बन गर्न आयोगले सरकारको ध्यानाकर्षण गरा’एको छ । अनलाइन खबरबाट