संसारभर १ अप्रि’ललाई मूर्ख बनाउने दिनका रुपमा मनाइन्छ । आजका दिन धेरैले एकअर्कालाई झुक्या’उँछन् र जिस्क्याउँछन्, तर अन्य दिन जसरी मजा’क गर्ने वा झुक्याउने व्यक्तिसँग आज कोही रिसाउँदैन । यही नै यस दिनको विशेषता हो । किंवदन्ती’अनुसार प्राचिन युरोपमा नयाँ वर्ष १ अप्रिलमा मनाइन्थ्यो । १५८२ मा पोप ग्रेगोरी तेह्रौले १ जनवरीलाई नयाँ वर्ष मान्ने गरी नयाँ क्यालेन्डर जारी गरे । रोमका कतिपय मानिसले यस नयाँ क्या&लेन्डर अपनाए ।
तर कति’पयलाई नयाँ वर्ष परिवर्तन भएको थाहै भएन र उनीहरु १ अप्रिललाई नै नयाँ वर्ष मनाउथ्ये । त्यसैले यस्ता मानिसलाई मूर्ख सम्झिएर अन्यले मजाक उडाए । अप्रिल फुल दि’वसका बारेमा अर्को एउटा प्रचलित जान’कारी चाहिँ यस्तो पनि छ । भनिन्छ, पहिलेको क्यालेन्डरमा अप्रिल महिना देखि नयाँ वर्ष शुरु हुन्थ्यो तर पछि क्यालेन्डरमा संसो’धन गरी जनवरी देखि नयाँ वर्ष शुरु गरियो ।
यो संसो’धनलाई सबैभन्दा पहिले फ्रान्सले अपनायो । सन् १५६४ मा फ्रान्सका तत्कालिन राजा चार्ल्स न’वौंले अध्यादेश जारी गरी पहिलो जनवरी देखि नयाँ वर्ष शुरु हुने घोषणा गरे । जनताले राजालाई स्वीकारेर पहिलो जनव’रीलाई वर्षको शुरुवात मान्न थाले । तर कतिपय जनताले चाहिँ यो परि’वर्तनलाई सहज रुपमा स्वीकार्न सकेनन् । उनीहरुले पहिलो अप्रिललाई नै वर्षको शुरुवात मानिरहे । यिनैलाई अन्य जनताले हाँसो गरी मूर्ख भनी गिज्या’उन थाले र अप्रिल एकलाई ‘मूर्खहरुको दिन’ भनी नामकरण गरे ।
यसरी पहिलो अप्रि’ललाई वर्षको शुरुवात मान्नेहरूलाई उनीहरुले हाँस उठ्दो, गिज्याउने खालको उपहारहरू प’ठाएर खिसी उडाउन थाले । तिनी’हरुलाई विभिन्न तरिकाले झुक्याएर मूर्ख बनाउन थाले । त्यहीबाट नै पहिलो अप्रिलका दिन अरुलाई मूर्ख बनाउने प्रच’लनको शुरुवात र विस्तार हुँदै गयो भनिन्छ ।
अप्रि’ल फुल यसअघि नै सुरु भएको थियो भन्ने दावी पनि छन् । एक किम्वदन्तीले १३९२ बाटै मानि’सलाई १ अप्रिलमा मूर्ख बनाउन थालिएको थियो भन्छ, यस दाबीअनुसार ‘नन्स प्रिन्स टेल’ कथामा कथाकार जियोफ्रे काउस्स’रले मार्चको ३० र थप २ दिन भनेर ३२ मार्चको संकेत गरेका छन्, यसलाई कतिले १ अप्रिल भनेर अथ्र्या’एका छन् र यतिबेला पनि झुक्या’उने खेल हुन्थ्यों भनेका छन् ।
यद्यपी, १ अप्रिल कहीं उल्ले’ख छैन । केही रिपोर्टका अनुसार १५०८ मै एक फ्रान्सेली कविले आफ्नो रचनामा अप्रिल फूलको सन्दर्भ उल्लेख गरेका थिए । अर्को एक दाबीअनुसार १५३९ कवि ‘डे डेने’ ले आफ्नो रच’नामा १ अप्रिलमा धनाढ्य मालिकले आफ्ना नोकरलाई मूर्खतापूर्ण कामका लागि पठाएको विषय उल्ले’ख गरेका छन् । अप्रिल फुल युरोप, अमेरिकासहित विश्वका धेरै देशमा म’नाइन्छ र यस्ता धेरै किंवदन्ती प्रचलनमा छन् ।
१९१५ मा जर्म’नीको लिले हवाई अड्डामा ब्रिटिस पाइलटले बमजस्तै वस्तु फ्याँकेको विषय अप्रिल फुलको वर्णन गर्दा सधैं चर्चामा आउँछ । यसलाई देखेर मानिसह’रूबीच भागदौड नै मच्चियो, त्रस्त मानिसहरु लामो समय लुके । तर बम नपड्किएपछि उनीहरु फर्कि’एर आए । त्यहाँ बम होइन, एउटा फुटबल फ्याँ’किएको रहेछ, जहाँ लेखिएको थियो – अप्रिल फुल । रातोपाटीबाट