इपिएस प्रक्रिया’मार्फत रोजगारीका लागि दक्षिण कोरिया आएका सुर्खेत, चौकुने–४ बिजौराका गगन रावलको सोमबार राति नि’धन भएको छ ।
दक्षिण कोरियाको एजुसी भन्ने ठाउँमा कार्यरत गगन पहिलो का’र्यकालको चार वर्ष १० महिना अवधि पूरा गरी अबको नौ दिनपछि नेपाल फर्किने टिकटसमेत काटेर तयारी अ’वस्थामा थिए ।
एउटै कोठामा बस्ने नेपाली सह’कर्मीका अनुसार गगन सोमबार दिउँसो कम्पनीमा राम्रै काम गरी ‘सुतेका थिए । राति कोरियाली समयअनुसार करिब २ः३० बजे उनी एक्का’सि ठूलो आवाजले चि’च्याएका थिए । उक्त आवाज सुनेर ब्युँझिएका सहकर्मीले हेर्दा उनी बे’होस अव’स्थामा थिए ।
तत्का’ल कम्पनी साहुलाई जानकारी गराई एम्बुलेन्समार्फत नजिकैको अस्पताल पुर्याइ’एका उनलाई अस्पतालले मृ’त घोषणा गरेको थियो । हाल उनको श’व परीक्षणका लागि अस्पतालमा राखिएको छ ।
घट’नाको बारेमा घरपरिवार तथा राजदूतावासमा जानका’री गराइसकिएको र श’वलाई केही दिनमै नेपाल पठाउने तयारी रहेको साहित्यकार भोजराज घोडासै’नीले बताउनुभयो ।
घट’नाको प्रकृति हेर्दा हृ’दयाघा’त भएको हुनसक्ने सुर्खेत समाज दक्षिण कोरियाका पूर्वअध्यक्ष लोकेश खत्रीले बताउनुभयो । गगन सुर्खेत समाज दक्षिण कोरियाका पूर्वसद’स्यसमेत रहेका थिए । अविवाहित गगनको परिवारमा बाबा आमा र एक ब’हिनी हुनुहुन्छ । इ ताजा खबर बाट