सपनालाई फेरि मिल्यो अर्को सम्मान, सपनाको लागी मन्त्री आफैले गाए यतिमिठो गीत (भिडियो सहित)

श’व व्यवस्थापन गर्ने म्याग्दीकी सपनालाई गत मंसिर ८ गते बीबीसीले विश्वका १०० प्रभावशाली महिलाको सूचीमा सा’मेल गरेको थियो. यो सफलतामा उनी अ’त्यन्त खुसी थिइन्। तर, उनलाई पढाइ छुटेकोमा उनलाई छ’टपटी थियो। २०७३ सालमा महेन्द्ररत्न उच्च माध्यामिक विद्यालयबाट एसएलसी पास गरेकी सपना सद’रमुकाम म्याग्दी गएर व्यवस्थापन विषयमा कक्षा ११ मा भर्ना भएकी थिइन्। तर, त्यसपछि उनले पढाइ बीचमै छा’डेकी थिइन्।

पढाइ छाडेर कु’लतमा लागेकी उनी परिवारबाट समेत टा’ढा भएकी थिइन्। पछि बे’वारिसे श’व व्यवस्थापनको काममार्फत उनले आफूलाई सामान्य जीवनमा फ’र्काए पनि पढाइलाई निरन्त’रता दिन सकेकी थिइनन्। आफू जति चर्चा पाएपनि उनलाई पढाइ छुटेको विषय खड्कि’रहन्थ्यो। प्रभावशाली महिलाको सूचीमा परेपछि उनले पढाइ पनि सुरु गर्ने बताएकी थिइन्।

चार वर्षपछि अध्ययनमा फर्किएकी सपनालाई कलेजले शतप्रतिशत छात्रवृत्तिमा भर्ना गरेको हो ‘मलाई बारम्बार ख’ड्किएको विषय हो पढाइ, परिवारसँग यसअघि नै म जो’डिएको थिएँ, तर मेरो सफलतामा पढाइ त’गारो नब’नोस् भनेर पुनःसुरु गरेकी हुँ,’ नेपालखबरसँग कुरा गर्दै सपनाले भनिन्। पढाइ सुरु गर्न कलेज बुझि’रहेकी उनलाई सामाजिक अभियान्ता पुकार बमले ह्वाइट हाउससँग जोडेका हुन्। लकडाउनको समयमा भोका मजदुरलाई पुकारसँगै मिलेर खाना खुवाउने अभियानमा सपना जो’डिएकी थिइन्।

सुरुमा उनले कक्षा ११ र १२ मा व्य’वस्थापन विषय पढ्ने र स्नातक कानुन विषयमा गर्ने बताएकी थिइन्। ह्वाइट हाउस कलेजका कानुन विषयका सं’योजक हरिस भट्ट भन्छन्, ‘स्नातक कानुन पढ्ने हो भने अहिलेदेखि नै कानुन पढ्दा राम्रो हुन्छ भनेर हामीले सुझायौं, त्यसपछि उनी कानुन पढ्ने नि’र्णयमा पुगिन्।’ कलेजले सपनालाई नियमित उपस्थिति र बीचमा पढाइ छा’ड्न नपाइने सर्त राखेको छ। जसमा सहमत भएकी सपना अहिले लगनशील भएर पढिरहेको शिक्षक भट्टले बताए। ‘मेरो पढाइ बि’ग्रिएको छ, म जसरी पनि पढ्छु भन्ने अ’ठोट सपनामा देखिन्छ,’ शिक्षक भट्टले सुनाए, ‘म जसरी पढ्छु भन्छिन्। उसको मेह’नत देखेर म एकदमै खुसी छु।’

त्यसबेला किन घर छा’डिन् र किन पढाइ अलपत्र पारिन् उनी अब सम्झन चाहनन्। तर घर छाडेकोमा भन्दा पढाइ छाडेकोमा पछु’तो महसुस गरेकी छन्। ह्वाइट हाउस कलेजका कार्यकारी निर्देशक काफ्लेले सपनाको कामको प्रशंसा गरे। ‘यस्तो राम्रो काम गरिरहेका विद्यार्थीलाई हामीले केही गर्न सकिन्छ भने किन नगर्ने भनेर पूर्ण छात्रवृत्तिमा पढा’उने निर्णय गरेका हौँ,’ उनले भने, ‘अहिले कक्षा ११ र १२ को लागि छात्रवृत्ति दिएका छौं। आवश्यक परेको खण्डमा त्यसपछिको पढाइमा पनि हामी सह’योग गर्छौँ।’

१८ वर्षकै उमेरमा सपनाले निर्वाह गरेको समाजप्रतिको उत्त’रदायित्व कलेजका लागि पनि उदाहरणीय भएको निर्देशक काफ्ले बताउँछन्।‘निस्वा’र्थ जुन सामाजिक काम गरिरहेकी छन्, त्यसलाई निरन्तरता दिन सकून्, अरु सामाजिक काम गर्न प्रेरणा मिलोस् भन्ने चाहन्छौँ,’ निर्देशक काफ्ले भन्छन्, ‘मैले गरेको काम कसैले देख्दो रहेछ, सह’योग गर्दो रहेछ भन्ने उनलाई होस्। अरु विद्यार्थी भाइबहिनीहरुलाई पनि यस्तो काम गर्दा समाजले प्रो’त्साहन गर्दो रहेछ भनेर प्रेरणा मिलोस्।

बिहान ६ बजेबाट सुरु भएको उनको कलेज १०ः४५ मा बिदा हुन्छ। त्यसपछि घर फर्कि’न्छिन् र गृहकार्य गर्छिन्। दिउँसोको समय भने बेवारिसे व्यवस्थापनको कामलाई नि’रन्तरता दिने उनको भनाइ छ। पहिलेको संस्थाबाट अलग भइसकेपछि अहिले उनले आफ्नै नेतृत्वमा बेवारिसे व्यवस्थापनको काम गर्न संस्था दर्ता गरिसकेकी छन्। पछिल्लोसमय उनी आफ्नै संस्था मार्फत बेवा’रिसे व्यवस्थापनमा सक्रिय छन्। अब पढाइसँगै बेवारिसे व्यवस्थापनको काममा ख’टिने उनी बताउँछिन्। ‘यी दुईवटै विषय मेरा लागि उस्तै हुन्। बेवारिसे व्यवस्था’पन जसले मलाई यहाँसम्म ल्याइपुर्‍यायो, पढाइ पनि उत्तिकै महत्वपूर्ण छ,’ उनी भन्छिन्, ‘अब सँगै अ’गाडि बढाउँछु।’ इताजा खबरबाट

प्रतिकृया दिनुहोस्