जेठ १ देखि, सवारी लाइसेन्समा नयाँ नि’यम

सवारी साधन अनुमति पत्र लाइ’सेन्समा नयाँ नियम लागू हुने भएको छ । यो नियम दुईपांग्रे सवारी चालक अनुम’तिपत्रको लागि हो । आगामी जेठ १ गतेवाट दुई पांग्रे सवारी साधनको लाइसेन्स लिन चाहनेले ७० अंक ल्या’ए पुग्ने भएको छ । यस अघि सय प्रति’शत अंक ल्याउनुपर्ने प्रावधान थियो ।

भौतिक पू’र्वाधार तथा यातायात मन्त्रालयले सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्य’विधि निर्देशिका २०७७ लाई सैद्धान्तिक सहमति दिएसँगै यातायात व्यवस्था विभागले जेठ १ ग’तेबाट लागू गर्ने भएको हो।

मन्त्रा’लयले सहमति दिएको कार्यविधिमा विभागले कार्यान्वयन मिति तोकेसँगै अब प्रयोगात्मक परीक्षा (ट्रायल)मा कम्तीमा ७० अंक ल्याए पास हुने भएको छ। अहिले प्रयो’गात्मक परीक्षामा कुनै सामान्य गल्ती भए पनि फेल हुने अर्थात् पास हुन १०० पूर्णाङ्कमा १०० नै ल्याउनुपर्ने व्यव’स्था छ।

यो अर्को स’माचार, सरकार र थारुहट सङ्घर्ष समितिबीच वार्ता शुरु, बिहीबार पुनः बस्ने
गृहमन्त्री रामबहादुर थापाको संयोजकत्व’मा गठित सरकारी वार्ता टोली र आन्दोलनरत थारु कल्याणकारी सभा, थारुहटरथारुवान संयुक्त सङ्घर्ष समि’तिबीच आजदेखि वार्ता शुरु भएको छ । गृह मन्त्रालयमा आज भएको पहिलो चरणको वार्तामा दुवै वार्ता टोलीबीच आआफ्नो धारणा राख्ने काम भएको गृहमन्त्रीका प्रेम संयोजक किरण भट्टराईले जानकारी दिए । उनका अनुसार आज’को वार्ता बिहीबार पुनः बस्ने गरी सका’रात्मक रुपमा टुङ्गिएको छ ।

गृहमन्त्री थापाको ने’तृत्वमा रहेको सरकारी वार्ता टोलीमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराई र पूर्वसांसद भगवती चौधरी सदस्य छन् । थरुहटका तर्फबाट रुक्मि’णि चौधरीको संयोजकत्वमा रहेको वार्ता टोलीमा प्रेमलाल चौधरी, पदमनारायण चौधरी, चन्द्रबहादुर चौधरी, प्रभात चौधरी सह’भागी छन् ।

आन्दो’लनरत पक्षले टिकापुर घटनामा थारु कल्याणकारीसभाका अध्यक्ष धनिराम चौधरी, सांसद रेशम चौधरीलगायत माथि लगाइएको मु द्दा फिर्ता गरिनुपर्ने, थारुहट आन्दो’लनको क्रममा मारिएकालाई शहीद घोषणा गर्नुपर्ने, लोकसेवा आयोगलगायत राज्यका विभिन्न निकायमा थारु समुदा’यका लागि छुट्टै आरक्षणको व्यवस्था गर्नुपर्ने’सहितका १९ बुँदे माग राख्दै आएको छ । इताजा खबरबाट

प्रतिकृया दिनुहोस्